१०० सिट पाएनौं भने कांग्रेसमा विद्रोह हुन सक्छ : शेखर कोइराला

१०० सिट पाएनौं भने कांग्रेसमा विद्रोह हुन सक्छ : शेखर कोइराला

जनकपुरधाम, २३ भदाै । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट पार्टीले नपाएमा विद्रोह हुन सक्ने बताएका छन् ।

बिहीबार जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न १०० सिट चाहिने र त्यति संख्यामा सिट नपाएमा विद्रोह हुन सक्ने बताएका हुन् ।

१६५ प्रतिनिधि सभा क्षेत्रमै एक्लै उठ्ने हो भने पनि कांग्रेसभित्र आकांक्षीलाई व्यवस्थापन गर्न गाह्रो रहेको उल्लेख गर्दै कोइरालाले गठबन्धन गर्दा कम्तीमा पनि १०० क्षेत्र कांग्रेसले लिनुपर्ने बताएका छन्।

प्रेस युनियनले आज जनकपुरमा गरेको कार्यक्रममा बोल्दै कोइरालाले बहुमत ल्याउन पनि कांग्रेसले १०० सिट लिनुपर्ने बताएका हुन्। कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन र पाँच वर्ष सरकार चलाउन गठबन्धन गर्ने निर्णय गरेको थियो।

सत्ता गठबन्धनका अन्य दललाई प्रत्यक्षतर्फ धेरै सिट छाड्दा समानुपातिकतर्फ कांग्रेसको मत घट्न सक्ने पनि कोइरालाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *