पञ्चदेवल क्याम्पस नेबिसंघद्धारा स्व. नेता गिरिको पुण्यतिथिमा दीप प्रज्वलन

पञ्चदेवल क्याम्पस नेबिसंघद्धारा स्व. नेता गिरिको पुण्यतिथिमा दीप प्रज्वलन

अछाम : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३ औँ पुण्यतिथिमा आज देशभर दीप प्रज्वलन गरेको छ ।

नेपाल विद्यार्थी सङ्घको केन्द्रिय कार्यसमितीले विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै स्व नेताप्रति श्रद्धाञ्जली अर्पण गरी उहाँको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा आज साँझ दीप प्रज्वलन गर्न निर्देशन दिएको थियो ।जस अन्तर्गत अछाममा पनि स्वर्गीय प्रदीप गिरिको १३औँ पुण्यतिथिमा आज दीप प्रज्वलन गरिएको छ ।
नेबिसंघ पञ्चदेवल क्याम्पस इकाई कार्यसमिति द्धारा दीप प्रज्वलन गरिएको क्याम्पस एकाइ समिति सभापती सुशिल बटालाले जानकारी दिए । दिप प्रज्वलन कार्यक्रममा  महासमिति सदस्य सुरत बहादुर बिष्ट,पुर्ब महासमिति सदस्य देवराज देवकोटा ,
ने.का अछामका नेता एवम पञ्चदेवल बिनायक नगरपालिका  उपप्रमुख हर्क बहादुर रावल , छेत्रीय कार्यसमिति सचीव  सुरत बहाउदुर रावल,
प्रदेश सभा “क “सचिब केसव तिमिल्सैना,प्रदेश अधिवेशन प्रतिनिधि लोकराज ढ्काल , जनक कार्की ;
लगायत नेपाली काङ्ग्रेसका  नेता तथा कार्यकर्ताको सहभागीतामा दीप प्रज्वलन गरि गिरिको १३ औँ पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरी उहाँको योगदानको चर्चा, स्मरण गरिएको नेबिसंघका नेता तपेन्द्र बिष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *