नेपाली राजनीतिमा नेता गिरिको अभाव सधैं खट्किरहने छ : काङ्ग्रेस अछाम

नेपाली राजनीतिमा नेता गिरिको अभाव सधैं खट्किरहने छ : काङ्ग्रेस अछाम

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य स्वर्गीय
नेता प्रदीप गिरिको १३ औं दिनको पुण्य तिथिको अवसरमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अछाम द्वारा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

राजनीतिका वैचारिक र समाजवादी चिन्तक स्वर्गीय नेता गिरिको श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेस अछामका महासमिति सदस्य ,जिल्ला कार्यसमितिका पदाधिकारी ,महाधिवेशन प्रतिनिधि ,क्षेत्रीय सभापति लगायत नेताकार्यकर्ताले नेता गिरिको फोटोमा माल्यार्पण सहित  उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका थिए ।

श्रद्धाञ्जली सभामा बोल्दै काङ्ग्रेस अछामका पार्टी सभापति पुष्प बहादुर शाहले स्वर्गीय नेता गिरिको निधनले नेपाली काङ्ग्रेस पार्टीलाइ ठुलो क्षति पुगेको बताए । गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको बताएका छन्  । उहाँ हामी माझ नरहेपनि  नेपाली राजनीतिमा एक राम्रो मानिसका रूपमा सदा सम्झना भइरहने र नेपाली राजनीतिमा नेता गिरिको अभाव सधैं खट्किरहने  बताए ।  गिरि एक विश्लेषक, समाजवादी चिन्तक, लेखक, समीक्षक, आलोचक लगायतका थुप्रै दृष्टिकोणबाट बहुप्रतिभाको धनी रहेको बताए। केसीले अथक संषर्घले लोकतान्त्रिक समाजवादी चिन्तनलाई  गिरिले आफ्नो राजनीतिक जीवनको प्रारम्भिक कालदेखि नै सुरू गरेको सभापति शाहले स्मरण गरे। उक्त श्रद्धाञ्जली सभाको संचालन नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश अधिवेशन प्रतिनिधि सुशील भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *