बालकोट पुगेर मिश्रले गरे ओलीसँग भेट, बालकोटबाट ल्याए एकमुठ्ठी सिक्का उपहार

बालकोट पुगेर मिश्रले गरे ओलीसँग भेट, बालकोटबाट ल्याए एकमुठ्ठी सिक्का उपहार

आगामी निर्वाचनको तयारीमा रहेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका छन् ।

ओलीलाई भेट्न मिश्र आइतबार साँझ ओलीनिवास बालकोट गएका थिए । आफूहरूबीच साढे दाई घण्टा छलफल भएको मिश्रले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् ।

 

मिश्रले भेटमा आगामी निर्वाचन देशको राजनीति–भू–राजनीति, विदेशी चासो, राजसंस्थाको आवश्यकता र असान्दर्भिकतालगायतका विषयमा छलफल भएको मिश्रले उल्लेख गरेका छन् ।

‘सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, ‘तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केट बलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ । नआत्तिनु होला,’ मिश्रले भनेका छन् ।

भेटको अन्त्यमा ओलीले मिश्रलाई एक मुठी सिक्का उपहार दिएका थिए । ‘चुच्चे नक्शासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठी सिक्का अर्को कोठाबाट ल्याएर उपहार दिनुभयो, भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ,’ मिश्रले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *