चिकित्सा शिक्षा आयोगको लापरबाहीले बिद्यार्थी चिकित्सा शिक्षा पढ्न बाट बन्चित भए : शाही

चिकित्सा शिक्षा आयोगको लापरबाहीले बिद्यार्थी चिकित्सा  शिक्षा पढ्न बाट बन्चित भए : शाही

काठमाडौँ ।   नेपाल बिद्यार्थी संघले पत्रकार सम्मेलन गर्दै आज पुर्वान्चल बिश्वबिद्धालयका ब्यतिथिको भन्डाफोर गरेको छ। उक्त कार्यक्रममा बोल्दै ने वि संघका नेता तथा काउन्सिल सभापति विनोद शाही ठकुरीले उपकुलपतिको काम र गतिविधिको बारेमा प्रश्न उठान गरेका छन् ? उहाँले कार्यक्रमको अन्त्यमा बोल्दै बिश्वबिद्धालय आज बिश्वबिद्धालय जस्तो रहेन बिश्वबिद्धालयले नियमित रुपमा गर्ने कामहरु ब्यस्त भन्दा अस्तब्यस्त बनाई बिद्यार्थीहरुको भबिस्यमाथी शैक्षिक अपराध गरेको आरोप लगाएका छन् ।

यसरी बिश्वबिद्धालय चल्दैन विभिन्न कार्यक्रम तर्फको अन्योलतालाई रोक्न आफुहरु सुधारका निम्ति लागिपर्ने र बिश्वबिद्धालयका पदाधिकारीलाई विद्यार्थी मागहरू गम्भीरताका साथ लिन चेतावनी समेत दिएका छन् । साथै सिटिईभिटी र अन्य बिश्वबिद्धालय सुधार हुन आबश्यक रहेको भन्दै उनले चिकित्सा शिक्षा आयोगको लापरबाहीले कयौं बिद्यार्थी चिकित्सक बन्न बाट बन्चित समेत भएको धारणा गर्दै खवरदारी गरे।उक्त कार्यक्रममा अर्का बिद्यार्थी नेता लिटिल बुद्ध कलेज अध्यक्ष यज्ञ खड्काले अब आन्दोलनलाई सहजरुपमा नलिन, सुधार गर्न ध्यानाकर्षण समेत गराए ।

कार्यक्रममा ने वि संघ बिश्वबिद्धालय अन्तरगतका विभिन्न क्याम्पसका इकाई अध्यक्षहरु र बिद्यार्थी नेताको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको समापनमा बोल्दै बिद्यार्थी नेता बिजय फुलाराले अब आन्दोलनका चरणहरु निरन्तर जारीरहने र समस्या समाधान गर्न सवै सक्रिय भएर बड्ने समेत बताए !

Leave a Reply

Your email address will not be published. Required fields are marked *