जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछाममा सेवाग्राहीको आकर्षण बढदै

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछाममा सेवाग्राहीको आकर्षण बढदै

सुशील भण्डारी ,अछाम:जिल्ला आयुर्वेद  स्वास्थ्य केन्द्र अछाममा पछिल्लो समय सेवाग्राहीको आकर्षण  बढदै गएको छ ।

जिल्ला अन्तर्गत मंगलसैनमा आयुर्वेद स्वास्थ्य केन्द्रले विभिन्न सेवा दिन थाले संगै आयुवेर्द  सेवन गर्ने सेवाग्राही हरुको संख्या निकै बढेको हो ।

पुर्वकर्म,पंचकर्म कटिवस्ती ,जानुवस्ती गराउनेहरुको संख्या धेरै छ ।

आयुवेर्द स्वास्थ्य केन्द्रले
दैनिक बिहान् १ घण्टा योग र स्वस्थ जीवन शैलिको लागि अमृत चिदा,पान पनि गराइरहेको छ ।

दैनिक सेवा लिने बिरामी हरुको भिड प्रयोगशालामा देखिन्छ ।

अछाम जिल्लामा पालिका स्तरीय नागरिक आरोग्यसेवा केन्द्र हरु पाच वटा पालिकामा ,२ वटा पालिकामा औषधालय,र १ वटा  P•H•C मा जिबनशैली व्यवस्थापन कार्यक्रम संचालनमा रहेका केन्द्रका बैध खडक बहादुर बमले जानकारी दिए ।

आयुर्वेद   स्वास्थ्य केन्द्र बाट निशुल्क औषधि उपचार हुन थालेपछि सेवाग्राहि हरु खुशी भएका छन् । भने सामान्य खालको बिरामी हुँदा अन्त जाने बाध्यता बाट मुक्त भएको उनि हरु बताउछन् ।

पालिका हरुमा रहेको नागरिक आरोग्य सेवा केन्द्र बाट दैनिक ७०/८ ० जना बिरामीले औसधि उपचार गर्ने गरेकाछन ।
आरोग्य सेवा केन्द्र बाट जिबनशैली ब्यवस्थापन , जिबन जिउने कला ,आहार बिहारका कुरा,योग र प्रणायमका कुरा,आचरण सम्बन्धि र स्थानीय स्तरमा उपलब्ध जडिबुटीको प्रयोगका बारेमा   जानकारी गराउने गरिएको जिल्ला आयुवेर्द स्वास्थ्य केन्द्र अछामका कार्यालय प्रमुख दिपकराज पन्तले बताए ।

स्वास्थ्य केन्द्रले निशुल्क रोग परिक्षण ,औषधि बितरण,साथै रक्त परिक्षण पनि गरिरहेको छ । यसै आर्थिक वर्ष बाट भिडियो एक्सरे सेवा संचालन गर्ने भएकोले सम्पुर्ण बिरामी हरुलाइ सेवा लिन आउन कार्यालयले अपिल समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *