नेविसंघ पूर्णताको माग गर्दै सानेपामा प्रदर्शन

नेविसंघ पूर्णताको माग गर्दै सानेपामा प्रदर्शन

नेपाल विद्यार्थी संघको वैधानिक पूर्णताका लागि  शेखर कोइराला पक्षीय विद्यार्थी नेताहरुले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।  साउन मसान्तभित्र भ्रातृसंस्था गठन र पूर्णता दिने पार्टीको निर्णय कार्यान्वयन गर्न कोइराला पक्षीय नेविसंघका नेताहरुले दबाब स्वरुप प्रदर्शन गरेका हुन् । शेखर कोइराला पक्षसँग सल्लाह गरेर विधानसम्मत भातृ संस्थाको गठन गर्नका लागि दवाव स्वरुप प्रदर्शन गरिएको विद्यार्थी नेता दिनेश शाहीले बताए ।

उनले भने, ‘ पार्टी केन्द्रीय समितिको निर्णय नै कार्यान्वयन नहुने आशंका उब्जिएको छ । यस्तो अवस्था आउनु समग्र पार्टीकै लागि दुःखद बिषय हो । तत्काल नेपाल विद्यार्थी संघलाई विधानसम्मत पूर्णता दिनुपर्छ ।’


पार्टीका नेताहरुलाई ध्यानाकर्षण गराउन प्रदर्शनमा उत्रिएको विद्यार्थी नेता भुवन भट्टले बताए । उनले भने,  ‘साउन मसान्त आउन ९ दिन बाँकी छ, पार्टीभित्र भातृ संगठनको गठन र पूर्णताका लागि कुनै छलफल छैन । तत्काल शेखर कोइराला पक्षसँग छलफल गरि न्यायपूर्ण प्रतिनिधित्व हुनेगरी भातृ संगठनहरुको गठन र पूर्णता गर्न हामीले माग गरेका छौँ।’

उनले आफूहरुको प्रदर्शन साउन मसान्तसम्म नै जारी रहने र पार्टीको निर्णय कार्यान्वयन गर्न खबरदारी गरिरहने भट्टले बताए । प्रदर्शनमा विद्यार्थी नेताहरुले  पार्टीको निर्णय कार्यान्वयन गर, नेविसंघको तत्काल विधानसम्मत पूर्णता गर, साउन मसान्त आउन ९ दिन बाँकी, नेविसंघको पूर्णता हो कला र साथी भन्दै नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *