ओलीको दम्भको पिलो निर्चोन गठबन्धन बन्यो : सहमहामन्त्री पाण्डे

ओलीको दम्भको पिलो निर्चोन गठबन्धन बन्यो : सहमहामन्त्री पाण्डे

अछाम । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले एमाले अध्यक्ष केपी ओलीको दम्भलाई तोड्न गठबन्धन बनेको बताएका छन् । ओली दम्भको पिलो निर्चोन गठबन्धन भएको महामन्त्री पाण्डेले बताए ।

नेपाल प्रेस यूनियन जिल्ला शाखा अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवा नेता पाण्डेले ओलीका कारण देशको संसदिय प्रणाली र संबिधान नै खतरामा परेका कारण कांग्रेसले काँध हालेको बताए ।

जब जब देशमा संकटको घडि उत्पन्न हुन्छ त्यसबेला यो देशमा कांग्रेसले नै नेतृत्व गर्नुपर्ने अवस्था सृजना भएको नेता पाण्डेको भनाई थियो । कम्युनिष्टहरु मिलेर देशमा लगभग २ तिहाईको सरकार भएपनि ३ बर्ष खेर पालेको उनको आरोप थियो ।

उम्मेद्धार छनोट प्रक्रिया ढिलाई र केही ठाँउमा अन्तरघातका कारण कांग्रेसको सोच जस्तो सिट नआएको भन्दै नेता पाण्डेले अब आउने प्रदेश र संघको निर्वाचनमा त्यस्तो हुन नदिन अहिले देखि नै पूर्व तयारी थाल्नुपर्ने बताए ।

बाजुराको बुढीगंगामा यहि असार २३ गते हुन लागेको स्थानिय तहको निर्वाचनका क्रममा गृह जिल्ला आएका पाण्डेले बुढीगंगामा एमालेको धाधली र बुथ कब्जा भएका कारण पुन निर्वाचन गर्नुपर्ने अवस्था आएको बताए ।

जनताको चाहाना अहिले पनि निश्पक्ष चुनाव हुनुपर्ने रहेको भन्दै नेता पाण्डेले सबै क्षेत्रबाट निश्पक्ष रुपमा चुनाव गराउनु सहयोग हुनुपर्ने बताए । अहिलेको गठबन्धनको यात्रा संघिय निर्वाचन सम्म कायम रहने उनको भनाई थियो ।

एक अर्को प्रशंगमा बोल्दै पूर्व राष्टिय सभा सदस्य समेत रहेका सहमहामन्त्री पाण्डेले ओली सरकारले सुदुरपश्चिम क्षेत्रका ठुला विकास आयोजनाको काम अगाडी बढाउन नसकेको भन्दै अब आउने सरकारले ति योजनाहरुलाई तिव्रता दिने बताए ।

सेती लोकमार्ग र बुढीगंगा जलबिधुत आयोजनालाई प्राथमिक्तामा राखेर आफुले पहल गर्ने उनको भनाई थियो । प्रेस युनियन अछामका कार्यबाहक अध्यक्ष नमराज भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन सचिव सुशिल भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *