आफु जहिले पनि किसानको साथमा छु अध्यक्ष : अध्यक्ष साउद

आफु जहिले पनि किसानको साथमा छु अध्यक्ष : अध्यक्ष साउद

रामारोशन गाउँपालिका अछामद्वारा धान दिवस तथा रोपाईं महोत्सव मनाईएको छ।

बुधबार वडा नं ५ का किसान जनक साउदको खेतमा धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ मुल नाराका साथ रोपाइँ गरि १९औं धान दिवस तथा रोपाईं महोत्सव मनाईएको हो। रोपाइँ महोत्सवमा गाउँपालिका अध्यक्ष मान बहादुर साउदले रोपाइ गर्दै

असार महिना किसानका लागि ‘मानो रोपेर मुरी उब्जाउने’ महिना भनेर चिनिने गरेको बताए । साथै अध्यक्ष साउदले आफू पनि एक किसानको छोरा भएकोले किसानका हरेक समस्या हरुलाइ नजिक बाट बुझेको र गाउँपालिका जहिले पनि किसानको साथमा रहने बताए ।
अध्यक्ष साउदले हरेक वर्ष किसानले मल अभावको समस्या भोग्दै आएकोले नेपाल सरकारले जतिसकिन्छ चाडै मलको व्यवस्था गर्नु पर्ने बताए ।

उक्त रोपाइ कार्यक्रममा गाउँपालिका जनप्रतिनिधी, कर्मचारी स्थानीय बासिन्दाको सहभागीता रहेको रामारोशन  गाउँपालिका कृषि विकास शाखा  प्रमुख लोकेश खनालले बताएनेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *