स्थानिय निर्वाचनमा असहयोग गर्नेलाई कारबाही गर्ने कांग्रेस अछामको निर्णय

स्थानिय निर्वाचनमा असहयोग गर्नेलाई कारबाही गर्ने कांग्रेस अछामको निर्णय

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अछामको १४ औं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

जिल्ला पार्टी सभापति पुष्प बहादुर शाहको सभापतित्वमा भएको बैठकले

गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार हरुका विरुद्ध लागी विभिन्न खालका असहयोग ,अन्तरघात गर्ने हरुको नामावली र असहयोग गरेको प्रमाण सहित स्थानीय रुप बाटै वडाको बैठक बसाली वडा  बाट पालिका,क्षेत्र  हुफै जिल्ला कार्यसमिति लाई यही मिति यही असार १५ गते भित्र पठासक्ने र प्रमाणका आधारमा जो सुकै लाई कार्बाही गर्ने ,
पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थान निवासी कक्षा १० मा अध्यनरत छात्र बिनोद शाहिको  मृत शरीर भेटिएको घटनाको सम्बन्धमा नेपाली काङ्ग्रेस अछाम निकै स्तब्ध र मर्माहित बनेको छ । सो घटनाको सम्बन्धमा नेपाली काङ्ग्रेस प्रदेश कार्यसमिति ,केन्द्रिय कार्यसमिति ,गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय लाई समेत यथार्थ जानकारी गराउने र जिल्ला भित्र उक्त घटनाको राजनीतिक रूपमा प्रतिबाद गर्ने,  बैठकले बिनायक घट्ना पश्चात नगरपालिका र वडा सञ्चालन गर्न नसकि आम नगरबासीमा पर्न गएको असुबिधा प्रति क्षमायाचना गर्दै दुखको घडिमा संयमित हुन आग्रह गर्नुका साथै चाँडो भन्दा चाँडो पालिका र वडा संचालनमा ल्याउन सहयोग गर्ने ,

नेपाली काङ्ग्रेसका उपसभापति चन्द्रप्रसाद ढुंगानाले मिति २०८९ जेठ १० गतेका दिन उपसभापति पदबाट
स्वइच्छाले दिनुभएको राजिनामा स्वीकृत गर्ने र सोको जानकारी नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमिति लाइ गराउने ,
कार्यसमिति बाट आएको सिफारिस अनुसार कार्वाही गर्ने,

पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थान निवासी कक्षा १० मा अध्यनरत छात्र बिनोद शाहिको घटनाको सम्बन्धमा विभिन्न सामाजिक संजाल र मिडिया हरुमा केही सुहाउदै नसुहाउने तल्लो स्तरको आपत्तिजनक
भनाइहरु पार्टी लाई नै आघात पुर्याउने खालका भए नभएका कुरा आएकोले
सो सम्बन्धमा पार्टीका जो जुन पदमा रहेको भए पनि पार्टिका विरुद्ध सामाजिक संजालहरुमा गरेका पोस्ट हरु जुटाइ प्रमाणका आधारमा कार्वाही अगाडि बढाउने लगायतका निर्णय गरेको छ ।
बैठकमा निवर्तमान पार्टी सभापति भरत कुमार स्वार,प्रदेश कार्यसमिति सदस्य,जिल्ला कार्यसमितिका पदाधिकारी ,महासमिति सदस्य ,महाधिवेशन प्रतिनिधि लगायत नेताकार्यकर्ताको सहभागीता रहेकोे थियो । उक्त बैठकको संचालन सचिव टक्कर शाहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *