आइएमई लाइफद्धारा २१ लाख २० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

आइएमई लाइफद्धारा २१ लाख २० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जितपुर शाखाले मृत्यु दाबी भुक्तानी दिएको छ । २० लाख बीमाङ्कको बीमा गरेका सैनामैना १, रुपन्देहीका हरि बहादुर पाण्डे कोभिडका कारण मृत्यु भएपछी कम्पनीले निजको इच्छाएको ब्यक्ति बुबा गुम बहादुर पाण्डेलाई २१ लाख २० हजार १ सय ८८ रुपैयाको चेक हस्तान्तरण गरेको छ ।

१ लाख ४५ हजारका दरले ३ वटा किस्तामात्रै बुझाएका पाण्डे परिवार २० लाख भन्दा धेरै रकम एकमुष्ट पाउँदा केही रुपमा आश्रीत परिवारलाई आर्थिक सहयोग पुगेको बताएका छ्न।

कार्यक्रममा बोल्दै मृतक का बाबू हरी बहादुर पाण्डेले बास्तममै बीमाले भुक्तानी दिने रहेछ । बीमा सबैको लागि अनिवार्य रहेछ भन्ने आशय व्यक्त गरे ।

उक्त कार्यक्रममा कम्पनिका प्रदेश प्रमुख प्रेम प्रसाद तिमिल्सेना , तालिम बिभाग प्रमुख सुनिल आचार्य , क्षेत्रीय शाखा प्रमुख राजेन्द्र पन्थी लगाएत समाजसेवी ,बुद्धिजीवी ,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *