जिल्ला समन्वय समिती अछामका पदाधिकारी हरुको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न

जिल्ला समन्वय समिती अछामका पदाधिकारी हरुको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न

जिल्ला समन्वय समिती अछामका पदाधिकारी हरुको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति अछामका निमित्त समन्वय अधिकारी उमाकान्त जोशीले समन्वय समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई अविर,माला र खादा लगाइ जिससको कार्यालयमा स्वागत गर्नु भएको  थियो भने निवर्तमान पदाधिकारी हरुलाइ बिदाइ गरिएको थियो ।

स्वागत कार्यक्रम पश्चात प्रमुख, उपप्रमुख तथा सदस्यहरूबाट पदभार ग्रहण कार्य सम्पन्न भएको हो ।

पदभार ग्रहण पछि जिससको हलमा  भएको  नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत, बधाई  कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुवरले तोकिएको जिम्मेवारी इमान्दारी र निष्ठापूर्वक सम्पादन गर्ने विश्वास दिलाउनुभयो ।

अछाम जिससको निर्वाचित सबै ९ सदस्य समितिमा  गठबन्धनको संयुक्त प्यानल बिजयी भएको थियो ।

उक्त कार्यक्रममा काङ्ग्रेस सुदुर प्रदेश कार्यसमिति सदस्य रुपा आउजी ,नेपाली काङ्ग्रेस अछामका सभापति पुष्प बहादुर शाह,निवर्तमान सभापति भरत कुमार स्वार,महासमिति सदस्य राजन कुवर ,

लगायत उपस्तिथि रहेकोे थियो । कार्यक्रमको संचालन जिल्ला समन्वय समिति अछामका लेखापाल सरद ढुंगानाले गर्नुभ,थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *