जनप्रतिनिधि हरुलाइ जनताको सेवक बनेर काम गर्न काङ्ग्रेस केन्द्रिय सदस्य शाहको सुझाव

जनप्रतिनिधि हरुलाइ जनताको सेवक बनेर काम गर्न काङ्ग्रेस केन्द्रिय सदस्य शाहको सुझाव

नेपाली काङ्ग्रेस अछाम  बाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि हरुलाइ बधाई तथा सम्मान कार्यक्रम  सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेसको अछामको आयोजनामा भएको बधाई तथा सम्मान कार्यक्रममा नेपाली काङ्ग्रेस बाट निर्वाचित सम्पुर्ण जनप्रतिनिधि हरुलाइ अबिर र खादाले सम्मान गरिएको हो ।

नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति पुष्प बहादुर शाहको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै पार्टीका केन्द्रिय सदस्य गोबिन्द बहादुर शाहले निर्वाचित सम्पुर्ण जनप्रतिनिधि हरुलाइ बधाई तथा शुभकामना दिदै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई शासकका रूपमा नभएर जनताका सेवक बनेर काम गर्न सुझाव दिएका छन् ।

शाहले भने ,अघिल्लो पाँचवर्ष स्थानीय, प्रदेश र संघीय सरकार नेकपाको कब्जामा थियो । एमालेका कारण कुनै पनि संरचनाले काम गर्न पाएन । अब हाम्रो हातमा सबै शासन व्यवस्था रहेकोले अब काम गर्ने पालो नेपाली काङ्ग्रेसको काधमा आएको बताए ।

कार्यक्रममा विशिष्ट अतिथिको आसन बाट बोल्दै निवर्तमान पार्टी सभापति भरत कुमार स्वारले ‘घोषणा पत्रलाई संकल्पपत्रको रूपमा बुझ्न जरुरी रहेकोले काम गर्दा जवाफदेही, पारदर्शी भएर काम गर्नु पर्ने बताए । जनताले  दिएका मतको कदर गर्दै अघि बढ्न पर्ने बताए

पार्टी उपसभापति नयराम बजगाइको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन पार्टी सचीव टक्कर शाहले गर्नुभएको थियो ।
कार्यक्रममा महासमिति सदस्य टिकाराम खनाल ,गणेश बिष्ट ,पदमराज अधिकारी ,सुरत बिष्ट ,अन्जु मल्ल भगवती खनाल , जिल्ला सचिव प्रकाश साउद ,सहसचिव गोबिन्द बिष्ट ,क्षेत्रीय सभापति पुष्पराज शर्मा,कृष्ण बहादुर बुढा ,महाधिवेशन प्रतिनिधि नम बहादुर शाही,यज्ञ प्रसाद ढकाल ,राजेन्द्र कुवर,बसन्ती बिस्ट,पुर्णा शाह लगायतको उपस्तिथि रहेको थियो । उक्त कार्यक्रमको संचालन सचिव टक्कर शाहले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *