मुस्ताङ उडेको तारा एयरको विमान दुर्घटनाको आशंका

मुस्ताङ उडेको तारा एयरको विमान दुर्घटनाको आशंका

पोखरा : पोखराबाट मुस्ताङ उडेको तारा एयरको सम्पर्कबिहीन भएको जहाज दुर्घटनामा परेको आशंका गरिएको छ  ।

तारा एयरको नाइन एन- एइटी कल साइन भएको ट्वीनेटर जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको थियो। फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो।

जहाजमा दुई जर्मनी नागरिक, चार भारतीय र बाँकी १३ जना नेपाली नागरिक रहेको नागरिक उड्डयन कार्यालय पोखराका एक अधिकारीले जानकारी दिए।

जहाजमा तीनजना चालक दलका सदस्यसहित २२ जना थिए। जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। अहिले  नेपाली सेनाको एक र एउटा निजी कम्पनीको हेलिकप्टर परिचालन गरि जहाजको खोजीकार्य भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *