अछामले पायो पहिलो महिला नगरप्रमुख

अछामले पायो पहिलो महिला नगरप्रमुख

अछाम : अछाम जिल्लाले पहिलो महिला नगर प्रमुख पाएको छ । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा अम्बिका चलाउने बिजयी भएकी छन् ।

यसअघि नगर उपप्रमुख तथा कांग्रेस सुदुरपश्चिम सहमहामन्त्री समेत रहेकी चलाउनेले ३ हजार ६ सय ५३ मत सहित यसपटक नगर प्रमुखमा बिजयी भएकी हुन् ।

चलाउनेले निकटतम प्रतिद्धन्दी माओवादीका राम बहादुर बिकलाई ४ सय ८१ मततन्तरले बिजयी हासिल गरिन् । बिकले ३ हजार १ सय ७२ मत प्राप्त गरे । त्यस्तै एमालेका नन्द बहादुर कडायतले २ हजार ६ सय ९७ मत प्राप्त गरे ।

माजबादीका योगेन्द्र बहादुर बिष्टले ६ सय ९२ र स्वतन्त्र टंक तिमिल्सैना १ सय ५४ प्राप्त गरे ।

नगर उप प्रमुखमा समेत कांग्रेस नै बिजयी भएको छ । कांग्रेसका उम्मेद्धार हर्क बहादुर रावलले ४ हजा १ सय ८८ मत ल्याएर बिजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका रिता रावलले २ हजार ६ सय १८ मत प्राप्त गरिन् ।

एमालेका राजु सञज्यालले १ हजार २ र समाजवादीका कृष्णा जैसी न्यौपानेले ८ सय ७८ मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *