काठमाडौंको पछिल्लो मतपरिणाम

काठमाडौंको पछिल्लो मतपरिणाम

काठमाडौं: काठमाडाैं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार  बालेनले १६०५२ मत ल्याएका छन्।

बालेनलाई एमालेका केशव स्थापितले पछ्याई रहेका छन्  । स्थापित बालेनभन्दा ७७०७ मतले पछि परेका छन् । स्थापितले ८३४५ प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ७५११ मत पाएकी छन्। उनको मत बालेनभन्दा ८५४१ कम छ। दोस्रो र तेस्रोमा रहेका स्थापित र सिर्जना दुवैको मत जोड्दा बालेनको भन्दा कम हुन्छ।

एमाले र कांग्रेसको मत जोड्दा जम्मा १५ हजार ८५६ मात्र हुन्छ भने बालेनको मत १६ हजारभन्दा धेरै भइसकेको छ। अहिले काठमाडौंको वडा नम्बर ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ। १ र २ को भने गणना सकिइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *