एमाले बाट मेयरका उम्मेद्धार बोहरा वडामै पराजित ,बहुदल पछि पहिलोपटक कांग्रेस बिजयी

एमाले बाट मेयरका उम्मेद्धार बोहरा वडामै पराजित ,बहुदल पछि पहिलोपटक कांग्रेस बिजयी

अछाम : जिल्लाको सदरमुकाम रहेको मंगलसैन नरगपालिका वडा नं. ४ मा नेपाली कांग्रेस बिजयी भएको छ । नेकपा एमालेबाट मेयर पदका उम्मेद्धार पदम बोहराको वडामा एमालेलाई पराजित गर्दै कांग्रेस बिजयी भएको हो ।

बहुदल पछि पहिलो पटक वडा नं. ४ मा कांग्रेस बिजयी भएको कांग्रेस अछामका सहसचिव दिनेश कुमार स्वाँरले बताए । एमालेको लालकिल्लाको रुपमा रहेको सो वडा यसपटक हाम्रो अथक प्रयासले कांग्रेसको चारतारे झण्डा फहराउन सफल भएको छौँ सहसचिव स्वारले भने ।

वडा नं. ४ मा कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेद्धार नाम सिंह धामी २४ मतान्तरले बिजयी भए । उनले ४ सय ९९ मत प्राप्त गरे भने एमालेका उम्मेद्धार केवल सिंह धामीले ४ सय ७५ मत प्राप्त गरे । वडा नं. ४ कांग्रेस अछामका सहसचिव दिनेश कुमार स्वाँर र नेबिसंघ अछामका सचिव बम स्वाँरको वडा हो ।

यसअघि कांग्रेसबाट मेयरका उम्मेद्धार नम बहादुर शाही आफ्नै वडामा कांग्रेस पराजित हुदाँ आलोचना भईरहेका बेला एमालेबाट मेयरका उम्मेद्धार बोहरा पनि आफ्नै वडामा पराजित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *