माओवादीको लालकिल्ला रामारोशन गाउँपालिकामा कांग्रेसका मानबहादुर साउद विजयी

माओवादीको लालकिल्ला रामारोशन गाउँपालिकामा कांग्रेसका मानबहादुर साउद  विजयी

अछामको रामारोशन गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसका मानबहादुर साउद निर्वाचित भएका छन्। साउद ३ हजार १२७ मतमा साथ विजयी भएका हुन्।

माओवादी केन्द्रका पहलबहादुर साउदले २ हजार ८९७ मत प्राप्त गरेका छन्। यसैगरी नेकपा एमालेका चक्र रावलले २ हजार ७ सय ९७ मत पाएका छन्। उपाध्यक्षमा माओवादी केन्द्रका सिर्जना बुढा विजयी भएकी छन्।

उनले ३ हजार २८ मतका साथ विजयी भएकी हुन। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बसन्ती साउदले २ हजार २२८ मत प्रात गरेका छन्। त्यसैगरी समाजवादीका ताराप्रसाद खनालले २ हजार १६२ मत प्राप्त गरेका छन्।

७ वडा रहेको रामारोशनमा ३ माओवादी,२ एमाले, २ कांग्रेसले जितेका छन्।

वडा नं १ मा माओवादी केन्द्रका चक्रबहादुर साउद, वडा नं २ मा माओवादी केन्द्रका मीबहादुर परियार, वडा नं ३ मा कांग्रेसका गणेश साउद, वडा नं ४ मा एमालेका तर्कराज उपाध्याय, वडा नं ५ मा कांग्रेसका केशरबहादुर साउद, वडा नं ६ मा माओवादीका सुशील साउद र वडा नं ७ मा एमालेका तप्तबहादुर भण्डारीले जितेका छन्।

समाजबादी र कांग्रेसबीच गठबन्धन भएको थियो। रामारोशन गाउँपालिका माओवादीको लालकिल्ला भनेर चिनिन्छि।

यसअघिको निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जितेका थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *