“आफुहरु जितको नजिक रहेको गठबन्धनका उम्मेद्धार शाही र रावलको दाबी“

“आफुहरु जितको नजिक रहेको गठबन्धनका उम्मेद्धार शाही र रावलको दाबी“

अछाम । जिल्लाको मंगलसैन नगरपालिकामा मेयर पदका उम्मेद्धार नम बहादुर शाहीले गठबन्धन जितको नजिक रहेको बताएका छन् । नगरपालिकाको वडा नं. १४ कालागाँउमा भएको घरदैलो अभियानमा बोल्दै उम्मेद्धार शाहीले गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने दाबी गरे ।

जिल्लाको सदरमुकाम समेत रहेको नगरमा यसअघि जितेका जनप्रतिनिधीले जनताले सोचे अनुसार विकास गर्न नसेकेको भन्दै उम्मेद्धार शाहीले यसपटक गठबन्धनलाई जनताले मत दिने बिश्वास व्यक्त गरे । नेकपा एमालेले केन्द्र देखी गाँउ नगर सम्म विकास गर्नुको सट्टा भ्रष्टचार मात्रै गरेकाले जनता उनिहरुबाट आजित भइसकेको बताए ।

५ दलिय गठबन्धनमा नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेद्धार बनेका शाहीले जनता परिर्वतन र विकासको पक्षमा रहेकोले यसपटक आफुहरुको जित सुनिश्चित भएको बताए । देशमा संबिधान निर्माण देखि विकास र परिर्वतन समेत कांग्रेसकै पालामा भएकाले जनताले त्यसको मुल्यांकन गर्नेमा उनको जोड छ ।

एक अर्को प्रशंगमा उनले भने गठबन्धनका उम्मेद्धारले जित हासिल गरेमा सबै क्षेत्रमा समानान्तर हिसाबले विकास हुन्छ यसअघि जस्तो कसैलाई काख र कसैलाई पाखा लगाउने काम हुदैन् । एमालेलाई जनताले एक पटक मत दिएर परिक्षण गर्दा एमाले असफल भइसकेको उनको भनाई थियो ।

एमालेको सरकारले संसद भंग गर्नुका साथै स्थानिय तहहरुमा समेत आफ्ना कार्यकर्तालाई लक्षित गरेर भ्रष्टचारको जालो फैलाउने काम मात्र गरेकाले जनताले यसपटक सोच विचार पुर्याएर मत दिन आग्रह गरे ।

यस्तै घरदैलो अभियानमा गठबन्धनको दल नेकपा एकिकृत समाजवादीको तर्फबाट उपमेयर पदका उम्मेद्धार बम बहादुर रावलले यसअघि नगरपालिकामा एमालेका उम्मेद्धार बिजयी हुदाँ आफ्ना नजिकका मान्छे र कार्यकर्तालाई मात्रै सम्बोधन हुने गरी मात्र काम गरेको उल्लेख गरे ।

उनले भने यसपटक हामी फरक फरक दलका उम्मेद्धार साझा एजेण्डाका साथ आएका छौँ हामी साझा तरिकाले अघि बढ्छौँ त्यसैले यसपटक हामीलाई मत दिनुहोस् । हामी समान हिसाबले नगरको विकास, जनताका पिर मर्का सुन्ने गरी काम गर्ने उनले बचन दिए ।

यसटक हामीलाई मत दिएर हेनुहोस् उम्मेद्धार रावलले भने जिल्लाको सदरमुकाम रहेको नगरलाई सबैले प्रशंसा गर्न लायक नगर बनाछौँ । यसअघिका जनप्रतिनिधीले ५ बर्ष खेर फालेको भन्दै रावलले हामी विकास र शुसाशनमा क्रियाशिल हुनेछौँ ।

नगरमा रहेका ऐतिहासिक मंगलसैन दरवार समेत अधुरै रहेको भन्दै रावलले गठबन्धनले जितेमा दरवार निर्माण कार्य पुरा गर्न लगाएर छाड्ने बचन दिए । आफुहरु सबै वडामा पुग्दा गठबनधनका पक्षमा जनलहर देखिएको भन्दै उम्मेद्धार रावलले यसपटक गठबन्धनको जितलाई कसैलाई रोक्न नसक्ने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *