नेकपा मालेका नेता भण्डारीसहित दुई दर्जन कार्यकर्ता काङ्ग्रेस प्रवेश

नेकपा मालेका नेता भण्डारीसहित दुई दर्जन कार्यकर्ता काङ्ग्रेस प्रवेश

नेपाल कम्युनिस्ट पार्टी मालेका बरिस्ठ नेता सहित विभिन्न पार्टी परित्याग गरि दुई दर्जन नेताकार्यकर्ता काङ्ग्रेस प्रवेश गरेकाछन ।

नेपाली काङ्ग्रेस मंगलसेन नगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको नवप्रवेशी हरुलाइ पार्टीमा स्वागत कार्यक्रममा  करिब ३२ वर्ष लामो कम्युनिस्ट आन्दोलनमा रहि काम गर्दै आफ्नो जिन्दगीको उर्जावान समय नेपाल कम्युनिस्ट पार्टीक लागि खर्चेर आफ्नो राजनीति यात्रालाई अघि बढाउदै आउनु भएका नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव एवं २०७० सालको संविधान सभाको निर्वाचनमा नेकपा मालेको तर्फबाट अछाम क्षेत्र नम्बर २ संविधान सभा सदस्य समानुपातिक उम्मेदवार  भुमिराज भण्डारी नेपाली काङ्ग्रेस प्रवेश गरेका हुन् ।

त्यस्तै कार्यक्रममा नेकपा एमाले बाट निर्वाचित पुर्व वडा अध्यक्ष नरे भण्डारी,नेकपा एमालेका टेकराज भण्डारी ,बालाराम भण्डारी ,दाताराम भण्डारी ,चन्द्र भण्डारी शिव,बिन्द्रा भण्डारी ,नरेन्द्र भण्डारी लगायत २ दर्जन नेताकार्यकर्ता काङ्ग्रेस प्रवेश गरेका हुन ।

नव प्रवेशिहरुलाइ नेपाली काङ्ग्रेसका केन्द्रिय सहमहामन्त्री बद्री पाण्डेले पार्टीमा स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *