काँग्रेसको घोषणापत्र देखेर बर्बराइरहने ओलीलाई चुनावपछि उपचार गर्न लैजानुपर्ने हुनसक्छ -नेता शिवाकोटी

काँग्रेसको घोषणापत्र देखेर बर्बराइरहने ओलीलाई चुनावपछि उपचार गर्न लैजानुपर्ने हुनसक्छ -नेता शिवाकोटी
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले काँग्रेसको चुनावी घोषणापत्र देखेर एमालेका नेताहरु आत्तिएको बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेता शिवाकोटीले यस्तो बताएका हुन् ।

त्यस्तै उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आर्थिन हिनामिनासंग जोडेर आरोपसमेत लगाएका छन् । ओलीले उपचारका लागि अहिलेसम्म राज्यकोषको २० करोडभन्दा बढी खर्च गरिसकेको  र उनलाई थप अझै चाहिने भन्दै व्यंगसमेत उनले गरे ।

कार्यक्रममा बोल्दै उनले भने, ‘जतिबेला पनि बर्बराइरहने ओली अबको चुनावपछि कुन अवस्थामा पुग्ने हुन्, उनलाई थप उपचारका लागि लैजानुपर्ने पनि हुन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *