दुल्लु नगरपालिका वडा नम्बर ७ को वडा सदस्यमा युवा नेता पुष्कर बाबू बज्राचार्य (गाेरे) को उम्मेदवारी

दुल्लु नगरपालिका वडा नम्बर ७ को वडा सदस्यमा युवा नेता पुष्कर बाबू बज्राचार्य (गाेरे) को उम्मेदवारी

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा दुल्लु नगरपालिका वडा -७ को वडा सदस्यमा युवा नेता पुष्कर बाबू बज्राचार्य (गाेरे) नेकपा एकीकृत समाजवादी उम्मेदवारी घाेषणा गरेका छन् । “समुन्नत वडा निर्माणका लागि आफ्नो उम्मेदवारी रहने उल्लेख गरेका छन् ।

” स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय पुष्कर बाबू बज्राचार्य दुल्लु नगरमै चर्चा हुने गरेको छ । बाल्यकाल देखि नै कुशल नेतृत्व गर्दै आएको पाईन्छ ।

सानै देखि पढाईमा अब्बल बज्राचार्य कोमल मन , सहयोगी भावन र अरुको दुखलाई नि आफ्नै ठानेर चिन्तन मनन गर्ने प्रवृत्तिका छन् । कर्ममा विश्वास गर्ने उनी परिवर्तनका लागि आफै लाग्न गर्ने भन्दै अब नमुना वडा निर्माणमा आफ्नो सक्रियता रहने बताउदै आफुलाई विजयी गराउन वडाबासिहरुमा अपिल पनि गरेका छन् ।

सामाजिक चिन्तन मनन भएका उनी भन्छन् ” समाज परिवर्तनका लागि अब युवा नेतृत्व हुन आवश्यक भएको छ , त्यसैको सुरुवात म बाट भएको हो । मेरो जित नै समृद्ध वडा निर्माण गर्न परिकल्पना गर्ने हरुको हुने छ ।” राजनीति सेवामुलक कार्य हुनेमा अहिले भ्रष्टाचार गर्ने थलो बनेकाले यो अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको र भ्रष्टाचारी हरुको अब दिन सकिने बताएका छन् । २०७५ साल मा युबा संघको सदस्यको   जिम्मेवारी  समेत  सम्हालेका थिए ।

Leave a Reply