एकीकृत समाजवादी दशौं टनको बन्दैछ : खनाल

एकीकृत समाजवादी दशौं टनको बन्दैछ : खनाल

काठमाडौं :  नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रत्रि आपत्ति जनाएका छन् ।

एमाले अध्यक्ष ओलीले केही दिनअघि एमाले क्वीन्टलको ढक  भएको बताउदै अन्य पार्टीलाई एक किलोको ढकसँग तुलना गरेका थिए  ।

शनिबार काठमाडौंमा आयोजित आमसभामा सम्बोधन गर्दै नेता खनालले अन्य पार्टीलाई किलोको ढक भनेकामा  आपत्ति जनाउदै आफ्नो पार्टी  किलो र क्वीन्टल नभई टन (मेट्रिक टन) को बनिरहेको दावी गरे ।

अहिले प्रत्येक जिल्लामा एकीकृत समाजवादीको अकार ठूलो भएको भन्दै उनले भने ‘टन मात्र होइन, दशौं टनको बन्दैछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *