अछाममा तीन दल बिच गठबन्धन गर्ने सहमति

अछाममा तीन दल बिच गठबन्धन गर्ने सहमति

अछाम : सत्ता गठबन्धनका मुख्य तीन दलबिच अछामका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने सहमति भएको हो ।

सहमति पत्रमा काँग्रेस अछामका सभापति पुष्प बहादुर शाह, नेकपा माओवादी केन्द्रका संयोजक रवीन्द्र बहादुर साउद र नेकपा एकीकृत समाजवादीका अध्यक्ष हिरण्य भट्टराईले हस्ताक्षर गरेका छन् ।
यस अघि आइतबार ढकारी गाउँपालिका र कमलबजार नगरपालिकामा पनि तीन दलका नेताहरूको बैठक बसेर गठबन्धन गरेर जाने निर्णय गरेका थिए ।
तीन दल बिच गठबन्धनको निर्णयले तीन वटै दलका नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *