कांग्रेसको घोषणापत्रमा भ्यू टावर बनाउँदिन भनेर लेख्नुस् : कोइराला

कांग्रेसको घोषणापत्रमा भ्यू टावर बनाउँदिन भनेर लेख्नुस् : कोइराला

पोखरा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षा र स्वास्थ्यमा केन्द्रित हुने गरी आगामी स्थानीय चुनावको घोषणापत्र लेख्न आग्रह गरेका छन् । कांग्रेसका नेता कार्यकर्ताहरूले पालिकाको घोषणा बनाउँदा उत्पादनमूलक र सेवामूलक विषय समेट्नुपर्ने उनको सुझाव छ ।

‘नेपाली कांग्रेसका साथीहरूलाई विनम्र आग्रह गर्न चाहान्छु- तपाईंहरूले वडाको घोषणापत्र बनाउनुहुन्छ, गाउँपालिकाको मेनिफेस्टो बनाउनुहुन्छ । हामी भ्यू टावर बनाउदैनौँ भनेर प्रतिज्ञा गर्नुस्,’ उनले भने, ‘त्यो टावर बनाउदा जति खर्च लाग्छ, त्यो अस्पताल र स्कुलमा खर्च गर्नुभयो भने नेपाली कांग्रेसका लागि अत्यन्त राम्रो हुन्छ ।’

तनहुँमा सीमलटार खानेपानी आयोजनाको उद्घाटन पछि बोल्दै कोइरालाले नागरिकका सानासाना आवश्यक्ता परिपुर्तिका लागि वडा र पालिकाले काम गर्नुपर्ने बताए । आउँदो चुनावमा सत्ता गठबन्धन चुनावसम्म लम्बिने निर्णय भएको भन्दै त्यसको निर्णय तल्लो तहबाटै गर्न उनको सुझाव छ ।

‘हामीहरू गबठन्धन गरेर अगाडि जाने भनिरहेका छौँ । कसरी कार्यान्वयन हुन्छ, कसरी गर्ने हो ? तपाईंहरू बसेर छलफल गर्नुस्,’ उनले भने । आफ्ना हजुरबुबा कृष्णप्रसाद कोइरालालाई सम्झिँदै शेखरले नागरिकका इच्छा र आवश्यकता पूरा गर्न आफू तयार रहेको बताए ।

‘मेरो हजुरबुबाको थोत्रो बास्का थियो । त्यो खोल्दा पैसा हुँदैनथ्यो, त्यसमा लेखेको एउटा चिज थियोः तिमी ईच्छा गर म पु¥याउँछु भन्ने,’ अघि थपे, ‘त्यो इच्छा तपाईंहरू गर्नुस्, म पुर्याउँछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *