रामारोशन गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

रामारोशन गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछाम द्वारा रामारोशन गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ ।

आरोग्य केन्द्र स्थापना भैसकेपछी त्यहाका स्थानीयबासिले आफ्नै घर निजिकै आयुर्वेद स्वास्थ्य पाउने भएका हुन ।

आरोग्य केन्द्र बाट जेष्ठनागरिक हरुलाई रसायन औसधि स्तनपायी आमालाई दुग्धवर्धक औसधि बितरण पुर्वकर्मका सेवाका साथै ग्यास्टिक ,पायल्स ,बाथरोग,स्त्रीरोग ,
बालरोग,जण्डिस दम,सुगर प्रेसर लगायतका रोग हरुको निशुल्क औसधि उपचार हुने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख दिपकराज पन्तले बताए ।

यस्तै कार्यक्रममा बोल्दै केन्द्रका बैध खडक बहादुर बमले आयुर्वेदको मुख्य उदेश्य भनेको स्वस्थ ब्यक्तिको स्वास्थ रक्षा गर्नु र रोग लागेको अवस्थामा निवारण गर्ने बताए । आरोग्य केन्द्र स्थापना भएपछी रामारोशन क्षेत्रका नागरिकहरुको स्वास्थमा आरोग्यता बढ्ने तथा नसर्ने रोग न्यूनीकरणमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।
प्रकृतिमैत्री स्वच्छ जीवन प्रणाली प्रवद्र्धन गरी नेपालीको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा स्थानीय तहका सबै स्वास्थ्य संस्थामा नागरिक आरोग्य केन्द्र स्थापना गर्ने उल्लेख छ ।  कार्यक्रममा रामारोशन गाउँपालिका अध्यक्ष झन्कर साउद (भास्कर)  लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *