एमालेको हातमा देश जाँदा ठुलो दुर्घटनाबाट बचाउन अन्तिममा काँग्रेसको नै खाँचो पर्यो: केन्द्रिय सदस्य राना

एमालेको हातमा देश जाँदा ठुलो दुर्घटनाबाट बचाउन अन्तिममा काँग्रेसको नै खाँचो पर्यो: केन्द्रिय सदस्य राना

काङ्ग्रेसको घर घर जाँउ काङ्ग्रेस जिताऔं अभियान अन्तर्गत नेपाली काङ्ग्रेस कमलबजार नगरकार्यसमितिको आयोजनामा बिशाल आमसभा कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ ।

कमलबजार नगरकार्यसमितिका सभापति पदम बहादुर भण्डारीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य सीता राना रहनु भएको थियो ।

प्रमुख अतिथि रानाले काङ्ग्रेस पार्टीले जहिले पनि मुलुकका हितका लागी काम गर्दै आएकोले हरेक समस्या र अफ्ट्यारो परिस्थितिमा काङ्ग्रेस सडकमा आएर लड्ने गरेको बताउनुभयो ।

एमालेको हातमा देश जाँदा ठुलो दुर्घटनाबाट बचाउन अन्तिममा काँग्रेसको नै खाँचो परेकोले अबको स्थानिय निर्वाचनमा सोचेर मात्र मतदान गर्न कार्यकर्ता लाई अपिल गर्नु भयो।

बाँम गठबन्धनबाट अघिल्लो निर्वाचनमा दुई तिहाईको दम्बको शासनले जनतालाई पैतालामा कुल्चेर लोकतन्त्रको धज्जी   उडाउने काम ओलि सरकारले गरेका्ले अन्तिममा देश बचाउने जिम्मा काँग्रेसको आएको उहाँले बताउनु भयो

त्यस्तै विशिष्ट अतिथिको आसन बाट बोल्दै जिल्ला पार्टी सभापति पुष्प बहादुर शाहले मुलुकलाई निकास दिने एउटै पार्टी नेपाली काङ्ग्रेस भएकोले हिजोका दिनमा परिवर्तनका लागि ठूल ठुला आन्दोलन हरुमा अग्रमोर्चामा काङ्ग्रेस होमिदै आएको  बताए ।

अर्का विशिष्ट अतिथि निवर्तमान पार्टी सभापति भरत कुमार स्वारले आसन्न बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा अछामका १० वटै पालिका हरुमा काङ्ग्रेसको चारतारे झण्डा फहराउदै काङ्ग्रेस लाई बिजयी  गताउनका लागी हातमा हात काधमा काध मिलाएर अघि बढ्नु पर्ने बताए ।

विशिष्ट अतिथिको आसन बाट बोल्दै  नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सहमहामन्त्री अम्बिका चलाउनेले नेपाली जनता र देशको पार्टी नेपाली काङ्ग्रेस मात्रै भएकोले काङ्ग्रेसका  विभिन्न तह र तप्काका सम्पुर्ण नेता कार्यकर्ताहरुले एकताबद्ध तरिकाले अघि बढ्न पर्ने बताउनु भयो ।

कार्यक्रममा अर्का विशिष्ट अतिथि नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य धन बहादुर शाही,धनराज पण्डित ,पुर्व सांसद अक्कल बहादुर बिस्ट रहनु भएको थियोे ।

कार्यक्रममा पार्टी उपसभापती चन्द्र प्रसाद ढुंगाना ,नयाँराम बजगाइ, महासमिति सदस्य बलबहादुर कुवर,पदमराज अधिकारी,गणेश बिस्ट,सुरत बिष्ट ,ओम प्रकाश बिष्ट ,मानबहादुर शाही,कमल बिक,अन्जु मल्ल,भुमिशरण बजगाइ,क्षेत्रीय सभापति पुष्पराज शर्मा ,महाधिवेशन प्रतिनिधि यज्ञ ढकाल ,नमबहादुर शाहि,नवराज चलाउने ,राम बहादुर शाही ,पुर्णा शाह,बसन्ती बिष्ट ,पार्टी सचिव प्रकाश साउद,पार्टी सहसचिव गोबिन्द बिस्ट,दिनेश स्वार,जिल्ला कार्यसमिति सदस्य जनक भण्डारी ,प्रेम रावल ,राम बहादुर शाही ,प्रदेश (क) का सभापति तारा प्रसाद खनाल ,नेपाल विद्यार्थी संघ अछामका सचिव बम स्वार,तरुण दलका कार्यवाहक अध्यक्ष रमेश बिष्ट ,नेपाल प्रेस युनियन अछामका सचिव  सुशील भण्डारी ,नेपाल सास्कृतिक संघ अछामका अध्यक्ष जनक कार्की लगायतका नेताकार्यकर्ताले मन्तव्य राखेका थिए ।

हर्क भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन काङ्ग्रेस नेता मीन बहादुर बिष्टले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *