कम्युनिष्ट सरकारको पालामा देशमा भ्रस्टाचार मात्रै मौलायो: केन्द्रिय सदस्य राना,काङ्ग्रेस अछामको बिशाल आमसभा ढकारीमा सम्पन्न

कम्युनिष्ट सरकारको पालामा देशमा भ्रस्टाचार मात्रै मौलायो: केन्द्रिय सदस्य राना,काङ्ग्रेस अछामको बिशाल आमसभा ढकारीमा सम्पन्न

नेपाली काङ्ग्रेसको घर घर जाँउ काङ्ग्रेस जिताऔं अभियान अन्तर्गत नेपाली काङ्ग्रेस ढकारी गाउँ कार्यसमितिको आयोजनामा बृहत आमसभा कार्यक्रम ढकारीमा सम्पन्न भएको छ । गाउँ कार्यसमितिका सभापति धन बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सिता राना रहनु भएको थियो ।

प्रमुख अतिथीको आसन बाट बोल्दै रानाले कम्युनिष्टले जनताबाट प्राप्त गरेको मतको कदर गर्न नसक्दा अहिले सरकारबाट बाहिर जानु पर्ने बाध्यता कम्युनिष्टहरु आफैले सिर्जना गरेको बताउनु भएको छ ।

कम्युनिष्ट सरकारले गर्न नसक्ने कुरा मात्र गरेर समय बिताएको साथै कम्युनिस्ट पार्टीका प्रधानमन्त्री वलि नेतृत्वको सरकारले  देशमा भ्रस्टाचार  मौलाएर देशलाई खोक्रो बनाएको  बताउनु भयो । केपी ओली सरकार भएको बेला देखि नै एमसिसि साम्झौता कायम रहेको र अहिले गठबन्धन सरकारले सदन बाट पास गरेको उल्लेख गर्दै उहाँले एमसिसि साम्झौता देशले बिकाशमा टेवापुग्ने कुरामा उहाँले जोड दिनु भएको छ ।

यस्तै कार्यक्रमको बिशिस्ट अतिथीमा नेपाली काँग्रेसका अछामका पाटी सभापति पुष्प बहादुर शाह र सुदूरपश्चिम प्रदेशका सहमहामन्त्री अम्बिका चलाउने रहनु भएको थियो।कार्यक्रमको बिशिस्ट अतिथिको आसन बाट बोल्दै चलाउनेले अगामी बैशाख ३० गते हुने निर्वाचनमा बिकाश केन्द्रीत कुरा जनताका माझमा लिएर जानु पर्ने बताउनु भएको छ ।

अन्य पार्टीबाट विजयी भएका सांसदले जनताको लागि नभई आफनो लागि काम गरेको आरोप समेत लगाउनु भएको छ । प्रदेशमा नेपाली कांग्रेशको सरकार नहुदा अछाममा सोच जस्तो बिकाश निर्माणका काम गर्न नसकिएको उल्लेख गर्नु भएको छ ।

यस्तै अर्को बिशिष्ट अतिथीको आसन बाट बोल्दै जिल्ला पार्टी सभापति शाहले घर घर जाँउ काङ्ग्रेस जिताऔं अभियानमा आफुले गरेका काम बारेमा जनतालाई जानकारी गराउन र काँग्रेस प्रति जनताको बिश्वास बढाउन केन्दीत हुनु पर्ने कुरामा जोड दिनु भएको छ ।

एमसिसि सम्झौता सदन बाट पास भए सँगै अन्य पार्टीहरुले आगामी चुनावमा आफनो पार्टीलाई विजयी हाशिल गराउन एमसिसिको बारेमा गलत प्रचार गर्दै आएकाले जनता सचेत रहनु पर्ने बताउनु भएको छ ।यस्तै उहाँले आगामी निर्वाचनमा नेपाली कांग्रेशको विदान अनुसार उम्मेदार खडा गर्न पनि उल्लेख गर्नु भएको छ ।

कार्यक्रमको अन्य अतिथिमा प्रदेश सदस्य धनबहादुर शाही,धनराज पाण्डित,पुर्ब राष्ट्रिय सभा सदस्य अक्कल बहादुर बिष्ट,महासमिति सदस्य बल बहादुर कुवर,गणेश बहादुर बिष्ट,सुरत बहादुर बिष्ट,ओम प्रकाश बिष्ट,मान बहादुर शाही,भुमिसरण ढकाल बजगाई,कमल बिक,जिल्ला उपसभापति चन्द्र प्रसाद ढुंगाना,नयाँ राम बजगाई ,  महाधिवेशन प्रतिनिधि नमबहादुर शाही,यज्ञ प्रसाद ढकाल,राम बहादुर शाही,पुर्व महासमिति सदस्य देवराज देवकोटा ,  जिल्ला सचिव प्रकाश साउद सहसिचव गोविन्द बिष्ट,दिनेश कुमार स्वार रहनु भएको थियो ।गाउँ कार्यसमितिका उपसभापति पदम बहादुर बुढाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन गाउँ कार्यसमिति सचिव कपिल बहादुर बुढाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *