नेपाल इन्जिनियर्स एसोसिएसनको केन्द्रिय सदस्यमा इन्जिनियर मरासिनीको उम्मेदवारी घोषणा

नेपाल इन्जिनियर्स एसोसिएसनको केन्द्रिय सदस्यमा इन्जिनियर मरासिनीको उम्मेदवारी घोषणा

भनिन्छ सरकारी कर्मचारीमा भित्रि मन देखी केही राम्रो काम गर्छु भन्ने आँट हुने हो भने कसैले पनि रोक्न सक्दैन । इन्जिनियर श्री जयलाल मरासिनीको हकमा पनि यस्तै भनाई लागु हुन्छ । करिब ३८ बर्षे सरकारी सेवामा कार्यरत रहँदा सबैको नजरमा अब्बल ठहरिएका इन्जिनियर श्री जयलाल मरासिनी हाल सडक बिभाग, सडक डिभिजन बुटवलमा सिनियर डिभिजनल इन्जिनियर (डिभिजन प्रमुख) को हैसियतमा कार्यरत हुनुहुन्छ । हुने काम लाइ हुन्छ र नहुने कामलाई हुदैन भन्ने बानीले धेरै सेवाग्राहीको मन जित्न सफल रहनु भएको मरासिनी सेवाग्राहीको काम तुरुन्तै गराउन आफै अग्रसरता देखाउनु हुन्छ । अरुका कुरा राम्रोसंग सुन्ने र आफुले बुझेको कुरा राम्रोसँग अरुलाई बुझाउने बानीले गर्दा उहाँ सबैको प्रिय बन्न सफल हुनु भएको हो । यहि २०७८ साल फाल्गुन २७ गते हुने नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा प्रोग्रेसिभ इन्जिनीयर्स एसोसिएसन नेपाल PEAN बाट लुम्बिनी प्रदेशको अध्यक्षमा इन्जिनियर श्री जीवन अर्यालले नेतृत्व गरेको टिमबाट केन्द्रीय सदस्यमा उहाँले उम्मेदवारी दिनु भएको छ। तपाईको केन्द्रीय सदस्यमा जित्ने आधार के छ भन्ने सडक मिडियाको प्रश्नमा उहाँ भन्नु हुन्छ, यसपटक मेरो कार्यक्षमताको कदर सिनियर तथा युवा इन्जिनियर साथीहरुले अवश्य पनि गर्नुहुनेछ, मेरो पेशाप्रतिको इमान्दारिता नै मेरो जितको आधार हो, त्यसकारण आफुलाइ यो पटकको निर्वाचनमा मतदान गरिदिनु हुन सम्पुर्ण इन्जिनीयर साथीहरुमा हार्दिक अनुरोध गर्दछु ।

उहाँ सालझन्डि—अर्घाखाँची—ढोरपाटन सडकमा योजना प्रमुख हुँदा बर्षौ देखि अलपत्र परेको सालझन्डि ढुङ्रीखोला सडकमा नयाँ ठेक्का लगाएर त्यहाँको जनताको मन जित्न सफल हुनुभएको थियो । त्यसका साथै बिहारको पिच र आटिका पाटा, बलेवाङ फुदवाङ सडकको काम अर्घाखाँची बासिले अझैसम्म बिर्सिएका छैनन् । बुर्तिवाङ ढोरपाटन खण्डमा ठूलो धनजनको क्षति हुने गरि आएको बाढी पहिरो र त्यो बेलामा समयमै सडक खोलेर यातायात संचालन गर्न सफल भएको कुरा बुर्तिवाङबासिले सधैं सम्झिरहेको छन् । त्यसै गरी बर्षौ देखि बुटवलमा सडक मिचेर बनाइएका घर टहराहरुमा डोजर चलाउँदा उहाँको देशव्यापीरुपमा चर्चा भयो । आजसम्म कसैले हिम्मत गर्न नसकेको त्यो काम मरासिनीको नेतृत्वबाट सम्भव भएपछि बुटवल क्षेत्रको सडक अहिले फराकिलो भएको छ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सर्टिफिकेट लेभल २०४१ मा अध्ययन गर्नु भएका जयलाल मरासिनी १२ बर्ष ओभरसियरको जागिर पछि इन्जिनियर अध्ययन गर्न फिलिपिन्सको बागियो जानु भएको थियो । उहाँले इन्जिनियरिङमा स्नातक युनिभर्सिटी अफ बागियो फिलिपिन्सबाट र स्नातकोत्तर पोखरा युनिभर्सिटी नेपालबाट गर्नु भएको छ। बुवा लालमणि मरासिनी र आमा स्व. लिलादेवि भट्टराईका जेष्ठ सुपुत्र मरासिनी सियारी—६, लक्षमणगन्ज रुपन्देहीका स्थायी बासिन्दा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *