निःशूल्क मनोपरामर्श सेवा दिदैं सम्भाव्य फाउन्डेशन

निःशूल्क मनोपरामर्श सेवा दिदैं सम्भाव्य फाउन्डेशन

सम्भाव्य फाउन्डेशनले फादर जो थालरको सहयोगमा “मनोसामाजिक परामर्श–सबैका लागि” भन्ने उद्देश्यका साथ मनोपरामर्श कार्यक्रम गरिरहेको छ।

उक्त फाउन्डेशनले निःशुल्क अनलाइन तथा टेलिफोन–काउन्सिलिङ मार्फत मनोपरामर्श कार्यक्रम गरिरहेको हो।

यस कार्यक्रमअन्तर्गत फाउन्डेशनका मनोपरामर्शदाताहरुले कोभिड–१९ महामारीको कारण कुनै पनि प्रकारको मानसिक समस्यामा परेर सहयोग खोजिरहेका व्यक्तिहरुलाई म्यासेन्जर, भाइबर अथवा इन्टरनेटमा पहुँच नभएको अवस्थामा फोनमार्फत आफैँ सम्पर्क गरेर आवश्यक मनोसामाजिक परामर्श सेवा दिन्छन्।

कार्यक्रमका सुपरभाइजर केशव श्रीष मगरले धेरै स्कूले विद्यार्थी, किशोरकिशोरी, अभिभावक, गृहिणी लगायत समस्या भएका व्यक्तिहरुले सेवा लिइसकेको बताए।

दैनिक सयौँ व्यक्तिहरुले फेसबुक, म्यासेन्जर र फोनबाट सम्पर्क गरिरहेको उनले बताए। जो कोहीले पनि सम्भाव्य फाउन्डेशनको वेबसाइट, फेसबुक पेज अथवा फोन नम्बरहमार्फत सम्पर्क गर्न सकिन्छ।

सम्भाव्य फाउन्डेशन मनोसामाजिक परामर्शदाताहरुको एउटा टीम हो। जसमा भिन्न विषय र तहका मनोविज्ञानका अध्येताहरु (क्लिनिकल साइकोलोजिस्ट, काउन्सिलिङ साइकोलोजिस्ट, काउन्सलर, स्कूल काउन्सलर लगायत) समावेश छन्।

गैरनाफा मुलक संस्थाको रुपमा रहेको यस फाउन्डेशनले सन् २०१८ देखि विद्यार्थी, किशोरकिशोरी, अभिभावक, शिक्षक लगायत सर्वसाधारणलाई निरन्तर मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा दिदैं आएको छ।

कसरी सहयोग गर्छन्?

१. निःस्वार्थ सक्रिय सुनाइको माध्यमबाट कुराहरु सुन्ने

२. सेवाग्राहीलाई कमीकमजोरीहरु सहित संपूर्ण रुपमा स्वीकार गर्ने

३. जस्तोसुकै समस्यालाई आफ्नै समस्याजस्तो ठानेर महसुस गर्ने

४. व्यक्तिगत विवरण र कुराकानी पूरै गोप्य राखिने

५. यसो गर्नू, उसो नगर्नू भनेर अर्तीउपदेश नदिने

६. गल्ती, कमीकमजोरीहरु भएमा पनि आलोचना नगर्ने, असल, खराब भनेर मूल्यांकन नगर्ने

७. समस्या भएका व्यक्तिलाई आफैँभित्रबाट समाधान खोज्न सहयोग गर्ने आदि

Leave a Reply