हिउँले भरिएको ठुलासेन (फोटो फिचर )

हिउँले भरिएको ठुलासेन (फोटो फिचर )

अछामसहित सुदूर पहाडका अधिका‌ंश जिल्लामा हिमपात भएको छ। बिहीबार साँझदेखि पहाडी सातवटा जिल्लाका हिमाली र पहाडी क्षेत्रमा हिमपात भइरहेको हो।

अछामको उच्च लेकाली भाग रामारोशन,ठुलासैन,जयगढ,कमलबजार,तितवडा, लगायत विभिन्न स्थानमा बाक्लो हिमपात भएको छ। लामो समयपछि अछाममा माघ महिनामा हिमपात भएको हो। बाक्लो परेको हिमपातमा यहाँका स्थानीयवासी रमाउन थालेका छन्।

हिउँसँग खेल्नेको भीडले डाँडाकाँडा भरिभराउ देखिन्छन्। गर्मी सुरु हुनै लाग्दा भएको हिमपातले पुनः चिसो बढेको छ। हिमपातसँगै सेताम्मे भएका डाँडापाखामा हिउँसँग रमाउनेको ताँती छ। (फोटो फिचर )

Leave a Reply

Your email address will not be published. Required fields are marked *