प्रेस चौतारी अछामको अध्यक्षमा टेकबहादुर थापा सर्वसम्मत चयन

प्रेस चौतारी अछामको अध्यक्षमा टेकबहादुर थापा सर्वसम्मत चयन

अछाम : प्रेस चोतारी नेपाल जिल्ला शाखा अछामको पाँचौ जिल्ला अधिबेशन आईतबार मंगलसेनमा सम्पन्न भएको छ । अधिबेशनले शाखाको नयाँ नेतृत्व चयन गरेको छ ।

शाखाका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको अधिबेशनले वर्तमान सचिव टेक बहादुर थापाको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।

शाखाको उपाध्यक्षमा एकेन्द्र महता, कल्पना बोहरा, सचिवमा बिक्रम परियार, सहसचिवमा एकेन्द्र थापा, रेनुका परियार र कोषाध्यक्षमा कमल रावललाई सर्वसम्मत चयन गरेको छ ।

शाखाको सदस्यमा शंकर थापा, रमण भट्ट, हिक्मत नेपाली, डण्डी विश्वकर्मा, नारद टमटा, एकेन्द्र बहादुर महता, आनन्द साउँद, देविका थापा, ज्याक साउँद, बसन्ती शाही, चन्द्रप्रसाद भाट र आकाक्षा सिंह रहेका छन् ।

अधिबेशनले केन्द्रिय र प्रदेश प्रतिनिधी समेत चयन गरेको छ । जसमा कृष्णबहादुर बुढा, टेकराज भण्डारी, भानु ढकाल, बिद्दुत्मा रैका र सीता ठकुल्ला केन्द्रिय प्रतिनिधी चयन भएका छन् ।

प्रदेश प्रतिनिधिमा चन्द्र थापा, पवन खत्री, सिद्वराज ढुंगाना, जगत जैगडी, कल्पना बोहरा, देवीका थापा र इसरा कुमारी भण्डारी थापा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *