अछामको विकट ढकारी गाउँपालिकामा पुग्यो बिजुली बत्ति

अछामको विकट ढकारी गाउँपालिकामा पुग्यो बिजुली बत्ति

अछाम:अछामको ढकारी गाउँपालीकामा राष्ट्रिय प्रशारण लाईनको बिधुत पुगेको छ। बिहिबार नेपाली कांग्रेसका नेता बल बहादुर कुँवरले बिधुतको उद्घाटन गरे। बिधुतको उद्घाटन गर्दै नेता कुवरले ढकारी गाउँपालिकाको विकासको लागी आफू अनवरत रुपमा खटिदै आएको र आगामी दिनहरूमा पनि आफू सक्रिय रूपमा लाग्ने बताए ।

अछामको बिकट गाउँपालीकामा पहिलो पटक बिघुत पुगेको छ। ढकारी गाउँपालीकाको अथक प्रयास पछि गाउँपालीकाको केन्द्रमा राष्ट्रिय प्रशारणको बिधुत पुगेको ढकारी गाउँपालीकाले जनाएको छ।

ढकारी गाउँपालिकाकाको पहल र नेपाल बिधुत प्राधिकरणको सहयोगमा उक्त कार्य सफल भएको हो ।   लामो समयपछी गाउँमा बिजुली पुग्दा स्थानीयहरु हर्षित भएका छ्न ।  बिधुत बिस्तार भएपछी स्थानीयबासीहरुको जिवनशैलीमा सुधार आउने गाउँपालिका  अध्यक्ष धन बहादुर बुढाले बताए ।

अहिले गाउँपालीकाको केन्द्र सम्म बिधुत पुग्यो अब दुर्त गतिमा गाउँपालीकाका प्राय जसो ठाउँमा बिधुतिकरण हुने तयारीमा ढकारी गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटले भने।

उक्त उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका पार्टी उपसभापति नयाराम बजगाइ,गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउद ,जिल्ला समन्वय समिति अछामका सदस्य सुरत बुड थापा लगायत जनप्रतिनिधि ,कर्मचारी ,स्थानीय नागरिकहरुको उपस्तिथि रहेको थियो । उक्त कार्यक्रमको संचालन ढकारी गाउँपालिकाका कर्मचारी कृष्ण देवकोटाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *