एमाले नेता अधिकारी लोकप्रिय मतका साथ जिल्ला कमिटि सदस्यमा निर्वाचित

एमाले नेता अधिकारी लोकप्रिय मतका साथ जिल्ला कमिटि सदस्यमा निर्वाचित

पौष २९,अछाम । एमाले अछामका नेता दिपक प्रसाद अधिकारी आठौँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटि सदस्य निर्वाचित भएका छन । नेतृत्व चयनका लागी अन्तिमसम्म सहमतीको प्रयास गरिएपनि सहमती जुट्न नसकेपछि अछम जिल्लामा नेकपा एमालेले निर्वाचन गरेको थियो ।

जसमा खुल्ला तर्फबाट जिल्ला कमिटि सदस्य पदमा उम्मेद्धारी दर्ता गराएका अधिकारी लोकप्रिय मतका साथ विजयी भएका हुन । यस अघिपनि जिल्ला कमिटिमा रहेका नेता अधिकारी यसपटक पनि निर्वाचन प्रणालीमा गई ३ सय मत प्राप्त गर्दै निर्वाचित भएका हुन ।

तत्कालीन सेरा गाउँ बिकास समितिका अध्यक्ष समेत रहेका नेता अधिकारी जनता माझ निकै लोकप्रिय छबि बनाएका नेताका रुपमा परिचित छन । सालिन र भद्र स्वभावका अधिकारी राजनितिमा हुने समस्या समाधान गर्न निकै दख्खल राख्दछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *