नेपाली काङ्ग्रेस तुर्माखाद गाउँकार्यसमितिको बैठक सम्पन्न

नेपाली काङ्ग्रेस तुर्माखाद गाउँकार्यसमितिको बैठक सम्पन्न

नेपाली काङ्ग्रेस तुर्माखाद गाउँकार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।

गाउँकार्यसमितिका सभापति कबिराम बयकको  सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछाम क्षेत्र नम्बर २ क्षेत्रीय सभापति एवं तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्पराज शर्मा रहनु भएको थियो । भने विशिष्ट अतिथि नेपाली काङ्ग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि नवराज चलाउने रहनु भएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य दमन घर्ती मगर,प्रदेश प्रतिनिधि बिष्णु बहादुर शाही ,निरक बहादुर शाही,चन्द्रा कुमारी बिक,मनसरा कुमारी बुढा ,क्षेत्रीय सदस्य चक्र प्रसाद धमाला,प्रदेश कार्यसमिति उपसभापति कर्ण बहादुर बयक,सचिव दिपक न्यौपाने ,काङ्ग्रेस नेता गणेश बहादुर शाही लगायत नेताकार्यकर्ताको उपस्थित रहेकोे थियो ।

साथै कार्यक्रममा नवनिर्वाचित क्षेत्रीय सभापति ,पदाधिकारी ,केन्द्रिय महाधिवेशन प्रतिनिधि ,प्रदेश अधिवेशन प्रतिनिधिहरुलाइ बधाई तथा शुभकामना समेत ब्यक्त गरिएको थियो ।

गाउपालिका सह, सचिब हिमाल शाहिले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन गाउँ कार्यसमिति सचिव प्रताप शाहीले संचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *