पार्टी सङ्गठनलाई बलियो बनाउन आफू निरन्तर लाग्ने कांग्रेस केन्द्रिय सद्स्य शाहको उद्घोष

पार्टी सङ्गठनलाई बलियो बनाउन आफू निरन्तर लाग्ने कांग्रेस केन्द्रिय सद्स्य शाहको उद्घोष

अछाम । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय तथा प्रदेश कार्य समितिमा निर्वाचित सदस्यलाई स्वागत तथा सम्मान कार्यक्रम जयगढमा सम्पन्न भएको छ ।

नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ख का प्रदेश सभापति पदम खड्काको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द बहादुर शाह रहेका थिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै नव निर्वाचित केन्द्रीय सदस्य शाहले लामो समय पछि अछामबाट आफूले केन्द्रीय सदस्यको जिम्मेवारी पाएकाले पाटी सङ्गठनलाई बलियो तथा मजबुद बनाउन आफू निरन्तर लागि रहने बताए।

कार्यक्रमको विशिष्ट अतिथिमा जिल्ला पाटी सभापति भरत कुमार स्वारले अछाम जिल्लामा नेपाली काँग्रेस पाटी सङ्गठन कमजोर नरहेका बताए ।

बधाई तथा शुभकामना कार्यक्रमको अवसरमा जयगढमा प्रदेश सभा ख को पार्टी कार्यालयको समेत उद्घाटन गरिएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य अनुराधा स्वार प्रदेश कार्य समिति सदस्य तुलाराम साउद रुपा आउजी महाधिवेशन प्रतिनिधि कृष्ण कुवंर, जयन्द्र स्वार, अप्सरा कुँवर लगायतका अतिथि रहेका थिए ।

प्रदेश सभा उपसभापति गोविन्द खनालले स्वागत तथा सञ्चालन प्रदेश कार्य समिति सचिव राम थापाले गरेका थिए ।

यस्तै :नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द बहादुर शाहलाई अछाममा स्वागत तथा सम्मान गरिएको छ ।

नेपाली काँग्रेस क्षेत्र नं १ को आयोजनामा नयाँ निर्वाचित केन्द्रीय सदस्य पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री शाहको स्वागत तथा सम्मान गरिएको हो ।

नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति कृष्ण बुढाको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा नयाँ निर्वाचित केन्द्रीय सदस्य शाह प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शाहले केन्द्रीय सदस्य पदमा निर्वाचित गराउन सहयोग गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा नेपाली काँग्रेस अछामका सभापति भरत कुमार स्वार विशिष्ट अतिथि रहेका थिए ।
केन्द्रीय सदस्य शाहसँगै प्रदेश कार्यसमिति सदस्यमा निर्वाचित तुलाराम साउँद, रुपा आउजीलाई समेत स्वागत र सम्मान गरिएको थियो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि कृष्ण कुँवर,जयन्द्र स्वार अप्सरा कुँवर लगायतका अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव भीम कुँवरले गर्नु भएको बताईएको छ ।
कार्यक्रममा

Leave a Reply

Your email address will not be published. Required fields are marked *