पार्टीका निष्ठावान र इमान्दार नेतालाई नियोजित किसिमले पाखा लगाउनेविरुद्ध डटेर सामना हुन्छ : शेखर कोइराला

पार्टीका निष्ठावान र इमान्दार नेतालाई नियोजित किसिमले पाखा लगाउनेविरुद्ध डटेर सामना हुन्छ : शेखर कोइराला

काठमाडौँ:नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा गरेको मनोनयनप्रती असन्तुष्टि जनाउदै पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार र त्यागी नेतालाई नियोजित किसिमले पाखा लगाउनेविरुद्ध डटेर सामना गरिने बताएका छन् ।

आज बसेको कोइराला समूहको बैठकमा आफ्ना पक्षका नेता, कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। कोइरालाले लिखित मन्तव्य वाचन गर्दै निष्ठावान, इमान्दार र त्यागी नेतालाई नियोजित किसिमले पाखा लगाउनेविरुद्ध डटेर गरिने सभापती देउबालाई चेतावनी दिए ।

उनले देउबाले गरेकाअ नियुक्तिको मापदण्डबारे प्रश्न उठाउदै भने ‘के मापदण्ड बनाएर केन्द्रीय सदस्य मनोनीत गर्नुभएको हो ? प्रश्न उठेको छ,पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नत्र कार्यकर्ता किन कांग्रेसमा बस्नने भन्ने प्रश्न उठ्न सक्छ ।’

उनले थप भने, “संगठनभित्रको जिम्मेवारी पाउनुभएका साथीहरूलाई कांग्रेस कार्यकर्ता र शुभेच्छुकले मात्र भरोसा गरेका छैनन्, आमनेपाली जनता पनि बढी विश्वासका साथ हाम्रा साथीहरूको गतिविधिलाई हेरिरहेका छन् । त्यसकारण हामी अग्निपरीक्षामा छौँ ।”

अनामनगरस्थित होटल बसेरामा आयोजित भेलामा उनले पार्टीको केन्द्रीय कार्यसमितिमा निर्वाचन र मनोनयन दुवै माध्यमबाट पुगेका नेताहरूलाई बधाई दिँदै उनले सबैको एउटै जोड कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने रहेको पनि बताए ।

कोइरालाले महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले मनोनयन गरेका १३ जना केन्द्रीय सदस्यहरू कुन मापदण्डअनुसार मनोनयन भएका हुन् त्यो जान्न चाहेको उल्लेख गरे । ‘महाधिवेशनपछि सभापतिज्यूले मनोनयन गर्नुभएका सबै नेताहरू योग्य र सक्षम नै हुनुहुन्छ । तर, कुन मापदण्डका आधारमा मनोनयन गरिएको हो । यो भने हामी जान्न चाहन्छौं,’ उनले भने ।

डा.कोइरालाले पार्टीलाई विधि र विधानअनुसार सबैको रायसुझावका आधारमा चलाउन नसकिए दुर्घटनामा पर्ने पनि बताए । उनले आगामी निर्वाचनलाई मध्यनजर गरेर आफूहरू देशव्यापी रूपमा जनतामाझ जाने पनि घोषणा गरे ।

उनले कुनै पनि कार्यकर्ताको शिर झुक्न नदिने भन्दै अबको निर्वाचनमा कांग्रेस पहिलो बन्ने बताए।भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारीलगायतका नेताहरू सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *