नेपाल निजामती कर्मचारी युनियन अछामको अध्यक्षमा झपट ढुंगाना सर्वसम्मत

नेपाल निजामती कर्मचारी युनियन अछामको अध्यक्षमा झपट ढुंगाना सर्वसम्मत

अछाम । नेपाल निजामती कर्मचारी युनियन अछामको अध्यक्षमा झपट ढुंगाना सर्वसम्मत चयन भएका छन ।
सोमवार देखि शुरू भएको ८ औ महाधिवेशनले मंगलवार ढुंगाना को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । बिगत लामो समय देखि नेपाल निजामती कर्मचारी युनियनमा  तथा सामाजिक क्षेत्र मा सक्रिय ढुगाना स्वास्थ्य कार्यालयमा कार्यरत रहेर अछाम जिल्लाको स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाउनु भएको छ । युनियनको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा राजेन्द्र भाट,झनक प्रसाद न्यौपाने,देबेन्द्र शाहु,गोबिन्द देवकोटा ,चक्र बिष्ट निर्वाचित भएका छन् भने युनियनको जिल्ला उपाध्यक्षमा बिष्णु प्रसाद उपाध्याय,सावित्री खड्का ,रत्ना सोडारी,सचिव लोक सिजन ,सहसचिव ,प्रेम घोडासैनी,काेषाध्यक्ष गोकुल देवकोटा ,सदस्य नारद खनाल ,कृष्ण देवकोटा योगेन्द्र शाही ,तपेन्द्र रावल ,बिकास धामी ,शेरबहादुर बोहरा ,हिरण्ड कुवर,उपिन्द्रा सिंह ,हिमालय देबि खड्का ,बिनोद कुमार न्यौपाने ,सुरत बहादुर बुढा लगायत  निर्वाचित भएकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *