मेरो वरियता कांग्रेस कार्यकर्ताले दिएको मतले कायम गरिदिएको छ : डा शेखर कोइराला

मेरो वरियता कांग्रेस कार्यकर्ताले दिएको मतले कायम गरिदिएको छ : डा शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका मतदाताले दिएको मतले आफ्नो वरियता कायम भइसकेको बताएका छन् ।१४आंै महाधिवेशनपछि पहिलोपटक गृहजिल्ला मोरङ आएका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै आफूलाई आएको मतदानले नै वरियता कायम गरिदिएको बताए ।कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कोइरालालाई २०औं नम्बरको वरियतामा राखेको थियो । कार्यकर्ताको माया नै आफ्नो वरियता हुने उनले बताए ।

कोइरालाले सभापतिमा हार व्यहोर्नुमा आफ्नो पनि कमजोरी रहेको बताए । डा. शशांक कोइराला र सुजाता कोइरालाप्रति लक्षित गर्दै उनले आफ्नै भाइबहिनी तथा नेताहरूलाई मिलाउन नसक्नु कमजोरी भएको बताए ।‘बीपी कोइरालाले मेरा बुवालाई लेखेको पत्र मैले मेरा भाइबहिनीलाई बुझाउन सकिनँ,’ उनले भने, ‘पराजयको कारण एउटा त्यो हो जस्तो पनि लाग्छ ।’

कोइरालाले अब स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने समेत बताए । निर्वाचन आयोगले वैशाख २० गतेभित्रमा स्थानीय तहको निर्वाचन गर्ने भनेर भनिसकेकाले आफू त्यसमै व्यस्त हुने बताए ।

विधानमै पराजित उम्मेदवार केन्द्रीय कार्यसमितिमा रहने उल्लेख गरिएको बताउँदै नेता कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *