कांग्रेस कोषाध्यक्षमा यी नेताको चर्चा, कसले मार्ला बाजी ?

कांग्रेस कोषाध्यक्षमा यी नेताको चर्चा, कसले मार्ला बाजी ?

काठमाडौं – नेपाली कांग्रेसमा कोषाध्यक्ष को बन्ला भन्ने चर्चा सुरु भएको छ ।

कांग्रेसको १४औं महाधिवेशनबाट एक सय ३४ सदस्यीय कार्यसमिति निर्वाचित भएलगत्तै पदाधिकारीमै पर्ने कोषाध्यक्ष को बन्ला भन्ने चर्चा सुरु भएको हो ।

यसअघि कांग्रेसमा चित्रलेखा यादव र सीतादेवी यादव कोषाध्यक्ष भइसकेका छन् । त्यसैले यसपटक महिलाबाट कोषाध्यक्ष बन्ने सम्भावना निकै कम रहेको बताइन्छ ।

कोषाध्यक्षका लागि नेतृ चित्रलेखा यादव, पुष्पा भुसाल, डिला संग्रौला र अम्बिका बस्नेत आकांक्षी छन् । सबै सभापति शेरबहादुर देउवा निकट हुन् । यादव पहिले नै कोषाध्यक्ष बनेको तर परफरमेन्स राम्रो नदेखिएको भन्दै देउवा सन्तुष्ट छैनन् ।

बनाए पनि भुसाल, संग्रौला र बस्नेतमध्येबाट एकजना हुने कांग्रेस नेताहरू बताउँछन् । तर, यसपटक कांग्रेस कोषाध्यक्षका लागि विनोद चौधरी र उमेश श्रेष्ठ पनि दाबेदारका रूपमा अगाडि आएका छन् ।

दुवैको आर्थिक हैसियत बलियो भएको र व्यवस्थापनमा पनि अब्बल भएकाले चौधरी र श्रेष्ठमध्ये एकजनालाई देउवाले कोषाध्यक्ष बनाउन सक्ने स्रोतले बतायो । दुवै अहिले देउवा निकट कांग्रेस नेता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *