कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशले मारे बाजी

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशले मारे बाजी

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन ।

बिहीबार भएको मतगणनामा डा प्रकाशशरण महत, मीनेन्द्र रिजाल, राजाराम कार्की र प्रदीप पौडेललाई पछि पार्दै थापा र शर्माले बाजी मारेका हुन् ।

निर्वाचन समितिका अनुसार थापाले ३,०२३ र विश्वप्रकाश शर्माले १,९८४ मत पाएर निर्वाचित भएका हुन् । त्यस्तै डा. प्रकाशशरण महतले १,५५०, प्रदीप पौडेलले १,४०९, डा. मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत पाए । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *