कांग्रेस नेता भण्डारीद्वारा प्रदेश अधिवेसनमा आउने प्रतिनिधीलाई टोपि, किताव, झोला र डायरी वितरण

कांग्रेस नेता भण्डारीद्वारा प्रदेश अधिवेसनमा आउने प्रतिनिधीलाई टोपि, किताव, झोला र डायरी वितरण

धनगढी । नेपाली कांग्रेस १४ औं महााधिवेसनमा कैलालीबाट महाँधिवेसन प्रतिनिधी बनेका कांग्रेसका युवा नेता क्षितिज भण्डारीले धनगढीमा जारी प्रदेश अधिवेसनमा आउने प्रतिनिधीलाई मायाको चिनो स्वरुप टोपि, धार्मिक पुष्तक, डायरी र झोला वितरण गरेका छन् । नेपाली कांग्रेको १४ औं महााधिवेसनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका भण्डारीले प्रदेश महाँधिवेसनमा भाग लिन धनगढी पुगेका प्रतिनिधीलाई स्वागत मायाको चिनो स्वरुप सो सामाग्री प्रदान गरिएको बताएका छन् ।

भण्डारीको निस्वार्थ सामाजिक सेवा गर्ने व्यवहारका कारण नै महाँधिवेसन प्रतिनिधीमा भण्डारीले लोकप्रिय मत समेत पाएका थिए । आफ्नो क्षेत्रमा मात्र नभई देशभरका युवामाझ भण्डारी लोकप्रिय छन् । उनले युवाका मागलाई सधै सम्मान गर्ने गरेका छन् । समाजिक सेवाका अभियन्ता भण्डारी ३० बर्ष नेपाल विद्यार्थी संघको केन्द्रिय उपाध्यक्ष, कार्यबाहक अध्यक्ष, जिल्ला कार्य समिति कैलाली र ३ पटक महाधिवेशन भइसकेका छन् ।

चन्दा संकलन बिरोधि भण्डारीले आफ्नो निजि सम्पतीबाट करोडौंको जग्गा र स्वास्थय सामाग्री सामाजिक सेवामा खर्च गरेका छन् । देशमा हुने कुनै पनि बिपत्तिमा पीडित जनताको घर दैलोमा पुग्ने र सहयोग गर्ने स्वभावका नेता भण्डारी लक डाउन र कोरोनाको पहिलो चरण देखि सकृय भएका थिए ।

लकडाउनमा जनताको घरघरमा पुगेर भण्डारीले राहत वितरण गरेका थिए । दोश्रो चरणको कोरोना संक्रमण फैलिदा अक्सिजन सिलिण्डरको चरम अभाव भयो । भण्डारीले व्यक्तिगत रुपमा एक हजार ८ सय सिलिन्डर बितारण गरेर आम नागरिकलाई उपचारमा सहज बनाएका थिए । www.dhangadhipostnews.com बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *