यसरी हेर्न सकिन्छ कक्षा १२ को परीक्षाफल

यसरी हेर्न सकिन्छ कक्षा १२ को परीक्षाफल

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ ।  बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।

परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ । भने, एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।

नियमिततर्फ ३ लाख ३८ हजार ६ सय ८८ जना परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३.६ देखि ४.० जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ७ हजार ६३ रहेको छ ।कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियो भने बोर्डले उत्तरपुस्तिका परीक्षण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *