बिद्यार्थी नेता रावलको नेतृत्वमा ज्ञापन पत्र पेश

बिद्यार्थी नेता रावलको नेतृत्वमा ज्ञापन पत्र पेश

CTEVT का बिद्यार्थी नेता रोशन रावलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँके लाइ ज्ञापनपत्र बुझाएको छ । CTEVT परिषद कार्यालयले सम्पुर्ण आंगिक, निजि र सामुदायिक शिक्षालय/कलेजहरुले कोभिड महामारी बिचको शुल्कमा १५ % छुट गर्ने निर्देशन दिएको र उक्त निर्देशनको पालना नगरेपछि नेपालगन्ज बाके का CTEVT अन्तगर्तका बिद्यार्थीहरु आ’न्दोलित भएका थिए ।

आन्दोलनको आज दोस्रो दिन बाके जिल्लाका प्रमुख जिल्ला अधिकारी मान बहादुर खत्रीलाई आफ्नो माग पूरा गर्न ज्ञापन पत्र बुझाएको विद्यार्थी नेता रावलले बताए। नेपालगन्ज बाकेमा अवस्थित CTEVT का सम्पुर्ण संकायमा अध्यनरत बिद्यार्थीहरु आ’न्दोलनमा उत्रिएकाछन् । “बिद्यार्थीका हक अधिकार् को सुनिस्चितता कायम गर”बिद्यार्थी माथि शो’षण बन्द गर”भन्दै हिजो बिद्यार्थीहरु र्यालि सहित रामलिला मैदान हुँदै सम्पुर्ण कलेजमा प्रदर्शन गरेका थिए भने आज गणेशमान चोक हुँदै जिल्ला प्रशासन कार्यालय नेपालगन्ज बाके, मध्यपश्चिम प्राबिधिक शिक्षालय अगाडी प्र’दर्सन गरेका हुन् ।

ज्ञापन हस्तान्तरण पुर्व भएको कोणसभामा बोल्दै नेता रोसन रावलले कलेज बिद्यार्थीका हक अधिकार् वि’रुद्ध गएकोले आफुहरु आ’न्दोलनमा उत्रिएको बताए । साथै उनले आफ्नो मागहरु पूरा नभए फेरि पनि थप आ’न्दोलनका कार्यक्रम अगाडि बढाउने बताए । उनले “एकता नै बल हो”भन्ने कुरालाई केन्द्र बिन्दु बनाएर यो आन्दोलन सफल पार्न आफ्नो अर्थपुर्ण सहभागीता जनाउने सम्पुर्ण बिद्यार्थीलाई धन्यवाद पनि दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *