सर्वाधिक मतका साथ सभापती स्वाँर महाधिबेशन प्रतिनिधीमा बिजयी

सर्वाधिक मतका साथ सभापती स्वाँर महाधिबेशन प्रतिनिधीमा बिजयी

अछाम । नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वाँर सबै भन्दा बढी मतका साथ महाधिबेशन प्रतिनिधीमा बिजयी भएका छन् ।

नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ बाट महाधिबेशन प्रतिनिधीको खुल्ला तर्फबाट उनले सर्बाधिक मत ४ सय ६१ मत ल्याएर बिजयी हासिल गरेका छन् ।
खुल्ला तर्फमा २८ जना प्रतिष्पिर्धीलाई पछि पार्दै उनले पहिलो नम्बरमा आफ्नो नाम सुरक्षित गरेका छन् ।

१३ औँ महाधिबेशन पछि कांग्रेस अछामको नेृतत्व सम्हालेका नेता स्वाँरले अछाममा पार्टीको संगठन मजबुद र चलायमान बनाएका छन् ।

उनले आफ्नै कार्यकालमा पार्टीको भवन निर्माण गर्न सफल भएका छन् भने पार्टीको आर्थिक कोष समेत बलियो बनाएका छन् ।

जिल्लाभर पार्टीको जागरण अभियान संगै नेता कार्यकर्तालाई प्रशिक्षण समेत गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *