अछाम लगायत तीन जिल्लामा सडक दुर्घटनामा मृत्यु हुनेको परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने सरकारको घोषणा

अछाम लगायत तीन जिल्लामा सडक दुर्घटनामा मृत्यु हुनेको परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले अछाम ,मुगु, र कास्कीमा   भएका सडक दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई उचित राहत र घाइतेको उद्धार एवं निःशुल्क उपचारको घोषणा गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत पछिल्ला सडक दुर्घटनाबारे सरकारको ध्यानाकर्षण भएको जनाएका छन् । सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक तथा निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका मापदण्ड अपनाउन पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले सडक दुर्घटनामा ज्यान गुमाउनेप्रति शोक व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *