मंगलसेन नगरपालिकाको आयोजनामा बडादशै २०७८ सालको सुभकामना आदान प्रदान

मंगलसेन नगरपालिकाको आयोजनामा बडादशै २०७८ सालको सुभकामना आदान प्रदान

चक्र प्रसाद जैसी,असोज २२ अछाम : बडादशै २०७८ सालको सुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । मंगलसेन नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले कार्यक्रममा उपस्थीत सबैलाई कृतज्ञता व्यक्त गर्नुभएको थियो । उहाँले समाजमा रहेका अराजक्ता, काम, क्रोध, लोभ, मोह, ईष्या, झुण्ड जस्ता बिकारहरुलाई जित्ने शक्ति प्रदान होस भन्दै स्वास्थ्य दिर्घायु, समृद्धीको कामना गर्नु भएको छ ।

कार्यक्रमका अतिथि अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बडादशै २०७८ सालको सुभकामना दिदै सुख शान्ती समृद्धी र सु स्वास्थ्यको कामन गदै अहिले कोरोना संक्रमणको जोखिम कायमै रहेकाको अबस्थामा भारत लगाएत अन्य देशहरुबाट गाउँघरमा चार्डपर्व मनाउनका आउनेको संख्या बढेको भन्दै सरकारले लागु गरेको स्वास्थ्य मपडण्डको पालन गर्न आग्रह गर्नु भएको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा भवानि बक्स गणका प्रमुख सेनानी रित बहादुर राना भाट, वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधिहरु, विभिन्न सरकारि तथा गैर संरकारी संस्थाका प्रतीनिधी, अछाम बहुमुखी क्याम्पसकका क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट, षोडसा माविका प्रधानाध्यापक मदन बहादुर कुवँर, पत्रकार लगाएतले सभकामना आदान प्रदान गरेका थिए ।

नगर उप– प्रमुख सरिता उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत खकेन्द बहादुर सोडारीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *