नेपाल निजामती कर्मचारी युनियन ढकारी गाउँपालिकाको अध्यक्षमा बोगटी चयन

नेपाल निजामती कर्मचारी युनियन ढकारी गाउँपालिकाको अध्यक्षमा बोगटी चयन

नेपाल निजामती कर्मचारी युनियन ढकारी गाउँपालिकाको अध्यक्षमा बोगटी चयन

निराजन भण्डारी असोज १९ अछाम

नेपाल निजामती कर्मचारी युनियन ढकारी गाउँपालिका स्तरिय कार्य समितिको गाउँ सभा ढकारी गाउँपालिकामा सम्पन्न भएको छ । कार्य समितिका संयोजक लोकेन्द्र बहादुर बोगटीको अध्यक्षतामा भएको भेलाले पुन बोगटीको अध्यक्षतामा १३ सदस्यिय गाउँ कार्य समितिको नयाँ नेतृत्व चयन गरेको छ ।

जसको उपाध्यक्षमा पदम बहादुर बुढा र राजेश्वरी शर्मा ,सचिवमा सुरत बहादुर बुढा,कोषध्यक्षमा दिपेन्द्र बहादुर शाही सदस्यमा राजेन्द्र भाट ,कृष्ण प्रसाद देवकोटा, चाँदनी चन्द,प्रदिप कुमार बिक,झंकर बहादुर बुढा, प्रेम बहादुर साउद, तपेन्द्र बहादुर रावल लगायतका सदस्य चयन गरीएको छ । यस्तै ५ सदस्यिय सल्लाहकार समिती समेत गठन गरिएको छ।

सल्लाहकार समितीको संयोजकमा लक्ष्मण शाह सदस्यमा चक्र बहादुर साउद ,मदन बहादुर कुंवर ,राज कुमार खड्का ,स्मृती साउद लगायतका सदस्य रहेका छन ।गाउँ सभाको प्रमुख अतिथिमा ढकारी गाउँपालिकाका अध्यक्ष धन बहादुर बुढा रहनु भएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै बुढाले निजामती कर्मचारी युनियन संगठनले निजामती प्रशासनलाई सुदृढ सक्षम,मर्यादित,जिम्मेवारी र गतिशिल बनाउन अहम भुमिका खेल्नु पर्ने बताउनु भएको छ ।

निजामती सेवालाई राजनितिबाट सदैव तठस्थ राखी कर्मचारीहरुको विशुद्ध पेशागत हक र सम्बद्र्धन गर्न नेपाल सरकारलाई सहयोग गर्नु पनि निजामती कर्मचारी युनियनको दायित्व भएको पनि उहाँले बताउनु भएको छ ।

यस्तै भेलाको विशिष्ट अतिथिको आसन बाट बोल्दै नेपाल निजामती कर्मचारी युनियन अछामका अध्यक्ष झनकराज ढुङगानाले निजामती प्रशासन सवल, सक्षम, जनमुखी, जवाफदेही र लोकतान्त्रिक बनाई राज्यतर्फबाट नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई व्यावस्थित र प्रभावकारी बनाउन निजामती कर्मचारी युनियनको पनि महत्वपुर्ण भुमिका रहने गरेको पनि बताउनु भएको छ ।

यस्तै ढकारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउदले कर्मचारीहरुलाई आफनो कार्य प्रति उत्प्रेरित गराउन र निजामती कर्मचारीको हक हितको लागि आवाज उठाउन संगठनकोे महत्वपुर्ण जिम्मेवारी भएको पनि बताउनु भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य एवम रेडियो हाम्रो जाल्पाका कार्यकारी निर्देशक धर्मेन्द्र बि सि ,कर्मचारी हकहितका कृष्ण प्रशाद देबकोटा ढकारी गाउँपालिका वडा नं ४ का अध्यक्ष भक्त बहादुर बुढा, नेपालि कांग्रेस ढकारी गाउँकार्य समितिकाका उपसभापति पदम बहादुर बुढा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । तपेन्द्र रावलको स्वागत मन्तब्य बाट सुरू भएको सभाको सञ्चालन निजामती कर्मचारी युनियनका सदस्य चक्र बहादुर साउदले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *