सहायक प्रमुख जिल्ला अधिकारी तिमिल्सैनाको टोलि द्वारा मंगलसेन बजार अनुगमन

सहायक प्रमुख जिल्ला अधिकारी तिमिल्सैनाको टोलि द्वारा मंगलसेन बजार अनुगमन

जिल्लामा बजार अनुगमनलाई तिव्रता पारिएको छ । अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको एक टोलीले अनुगमनलाई तिव्रता दिएका हो ।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वको एक टोलिले मंगलसेन बजार  क्षेत्रमा अनुगमन गरेको छ । जिल्लाको सदरमुकामको मुख्य ब्यापारीक केन्द्र रहेको मंगलसेनमा एक सर्बपक्षिय टोलिले अनुगमन गरेको हो । बिशेष गरेर बजारमा रहेका खाद्यन्न पसलहरुमा अनुगमन गरीएको हो ।

दसै तिहार नजिकिए संगै बजारमा अखाध्य बस्तुहरुको बेचबिखन हुनसक्ने, महंगी हुन सक्ने कुरालाई मध्यनजर गर्दै अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बताए ।

बजारका विभिन्न पसल हरुको अनुगमन गर्दा ३ वटा पसल हरुमा म्याद गुज्रिएका सामाग्री फेला परेका थिए । उक्त सामाग्री हरुलाई नस्ट गरिएको छ ।

त्यस्तै ६ वटा पसल हरुलाइ पहिलो पटक सचेत गराइएको छ । अन्य पसल हरुको अवस्था सामान्य रहेकोे पाइएको छ । म्याद गुज्रिएका ,र नियम बिपरित सामान हरु बिक्री गरेको भन्दै एकजना ब्यापारी लाई ५००० रुपैयाँ जरिवाना गरिएको छ ।
अनुगमन टोलिमा उद्योग बाणिज्य संघ अछामका उपाध्यक्ष यज्ञ प्रसाद ढुंगाना,पत्रका सुशील भण्डारी ,घरेलु तथा साना उद्योग बिकास समिति अछामका जनक ढुंगाना, मंगलसेन नगरपालिकाको तर्फबाट तर्क भुल लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *