काङ्ग्रेस मंगलसेन नगर कार्यसमितिको दोस्रो अधिबेशन सम्पन्न ,सभापतिमा रावल चयन

काङ्ग्रेस मंगलसेन नगर कार्यसमितिको दोस्रो अधिबेशन सम्पन्न ,सभापतिमा रावल चयन

नेपाली काङ्ग्रेस मंगलसेन नगरपालिका नगर कार्यसमितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।

नगर सभापति पुष्पराज भण्डारीको सभापतित्वमा भएको अधिबेशनका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पुर्व पार्टी सभापति पुष्प बहादुर शाह रहनु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि पुर्व पार्टी सभापति कर्ण केसि रहनु भएको थियो । कार्यक्रममा
जिल्ला पार्टी सचीव नम बहादुर शाही ,पुर्व महासमिति सदस्य मानबहादुर रावल ,महाधिवेशन प्रतिनिधि अन्जु मल्ल ,काङ्ग्रेस युवा नेता चन्द्र प्रसाद ढुंगाना ,काङ्ग्रेस जिल्ला सदस्य पुर्ण बिक ,जिल्ला समन्वय समिति उप प्रमुख टोपबहादुर रावल ,नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य बिपि रेग्मी ,जिल्ला सचिव बम बहादुर स्वार ,नेपाल प्रेस युनियन अछामका सचिव सुशील भण्डारी ,नेपाल महिला संघका सचिव पुर्णा शाह,नेपाल तरुण दलका उपाध्यक्ष रमेश बिष्ट ,नेपाल किसान संघका कार्यवाहक अध्यक्ष सहादेव ढुंगाना ,जिपि कोइराला फाउन्डेसन अछामका अध्यक्ष यज्ञराज ढुंगाना लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साथै
नेपाली काँग्रेस मंगलसेन नगरपालिकाको नगर अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज सम्पन्न नगर अधिवेशनबाट झपट बहादुर रावलको सभापतित्वमा सर्वसम्मत रुपमा नगर कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपसभापतिमा हेमराज भण्डारि ,पुर्ण बिष्ट , सचिवमा बेद बहादुर थापा ,मिलन रावल, सहसचिवमा ललित कुमार कडायत ,राम प्रसाद भाटलाइ चयन गरिएको छ । नव निर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृत नारायण ढुंगानाले पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको थियो ।

नगर कार्यसमिति जम्मा ७७ सदस्यीय चयन गरिएको नवनिर्वाचित सचिव बेद बहादुर थापाले जानकारी दिनुभयो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *